काठमाडौं । सरकारले २० युनिटसम्म विजुली खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उक्त निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो
उहाँका अनुसार सञ्चालक समितिले गरेको महशुल छुटको प्रस्ताव निर्णयका लागि विद्युत नियमन आयोगमा पठाइएको छ, आयोगले निर्णय गरेको दिनबाट यो महसुलदर लागू हुन्छ ।
आयोगको निर्णय पनि भने महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ ।
सिमान्तकृत र साना कृषकको जीवनस्तर उठाउने माध्यम भएकोले विद्युत बढी माग हुने समयमा महसुलमा ८० र अन्य समयमा पूर्ण रूपमा छुट दिने मन्त्री भूषालले घोषणा गर्नुभयो ।‘यसबाट ३ लाख ८८ हजार घर धुरीका कृषकहरू लाभान्वित हुनेछन् ।
२० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विजुली

































































































