Homeसमाचारआर्थिक अभावमा तीनवर्षदेखि शर्मा ओछ्यानमा, दाताकाे खाेजी

आर्थिक अभावमा तीनवर्षदेखि शर्मा ओछ्यानमा, दाताकाे खाेजी

विनाेद पाण्डे
चारपाने ।
झापा बिर्तामोड नगरपालिका वडा नम्बर २, चारपानेका प्रकाश शर्मा विगत ३ बर्ष देखि ओछ्यानमा छन् । १५ बर्ष अघि सामान्य रुपमा वाथ रोगबाट सुरु भएको उनको बिग्रदो स्वास्थ्य अवस्था क्रमश कमजाेर हुँदै गयो । परिवारको गुजरा चलाउने मुख्य दायित्व उनैका काँधमा थियाे । भएकाले राजमिस्त्री कामकाे काम गर्ने उनले दवाई खाँदै कामलाई निरन्तरता थिए । डेढदशकदेखि दवाई सेवन गरेका उनका लागि दवाई दवाई नभएर बीस झै बन्याे । दवाईको नकारात्मक असरका कारण घुडाको पाङग्रा र कम्मरमुनीको मुख्य दुईवटा हड्डी खिएर कामै नलाग्ने भएकाे उनले बताए । हाल कम्मरदेखि तलको अंग चल्न छोडेपछि उनि थलिएका हुँन ।
आर्थिक अबस्था अत्यन्तै कमजोर भएकै कारणले रोग निधान हुनेगरिको उपचार गर्न सकेका छैनन् । विपन्न वर्गका शर्मा असक्त भएर थलापरेपछि उनीसंगै बुबा,आमा, श्रीमती र दुई छोराहरु विचल्लीमा परेका छन् ।
जीवन धन्नको लागि हिजोका दिनमा गर्दै आएको मजदुरी पेशाबाट पनि स्वाथ्यको कारणले टाढा रहनु परेपछि शर्माको घरमा कयौं समस्याहरु छन् । ६ जनाको परिवारलाई आवश्यक खाध्यन्न समेत अभाव भए पछि स्थानियहरुकोे पहल र सहगोगमा खाद्यय सामग्रीहरु केही हदसम्म जोहो भएको छ तर उनको उपचार गर्न सघाउने काेही भेटिएका छैनन् ।
भएको ५ धुर जग्गा बैंकमा राखेर तिनबर्ष अघि भारतको भेलोरमा उपचार गराउन गएका थिए । त्यहाँ उपचार गर्न १० लाख भारु लाग्ने बताईए पछि खर्च अभावमा उपचार नगरी स्देश फर्किए । भेलोरको अस्पतालमा स्वास्थ्य चेकजाच, आउने जाने क्रममा बैंकबाट लिएको ऋण ३ लाख पनि सकियो अब कसरी उहाँलाई बचाउनु हामी कसरी बाँच्नु भन्दै उनकी श्रीमतीले वेदना पोखेकी छन् । उनी भन्छिन -‘भगवान बनेर दाताहरु आईदिए हुन्थ्यो’ उनले सबै संग सहयोगको याचना समेत गरेकी छन् ।
‘प्रकाश शर्माले उपचार पाउने हो भने पुनः उनलाई सामान्य अबस्थामा ल्याउन सकिन्छ काम गरेर खान सक्ने बन्छन्् ।’ ‘उनको उपचारमा कृतिम हड्डी (स्टिल) लगाउनु पर्छ, ठुलो अप्रेसन गर्नु पर्छ’ सबै खर्च लगभग १५ लाख जति लाग्ने हार्डजोर्नी विशेषज्ञ प्रेमबहादुर साहीले बताएका छन् ।
भर्खर परिपक्क हुदै आफ्नो जीवनलाई परिवार र समाजको लागि प्रयोग गर्दै आएका कर्मशिल ३२ बर्षे युवा यसरी उपचार अभावमा ओछ्यानमा लडिरहेको दृष्यले सबैको मन भयवित बनाउछ । उनको घर र परिवारलाई हेर्दा झन दयाँ पलाएर आउने अबस्था छ । प्रकाश शर्मालाई उपचारमा सबैले सकेको सहयोग गर्ने हो भने उनि पुन तन्दुरुस्त र बाँच्ने थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआर्थिक अभावमा तीनवर्षदेखि शर्मा ओछ्यानमा, दाताकाे खाेजी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img