विर्तामोड । झापामा बिहीबारदेखि कोरोना विरुद्धको खोप जोनजोन एण्ड जोनसोन खोप सर्वसाधारणलाई लगाउन शुरु गरिएको छ ।
अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको जोनसोन एण्ड जोनसोन खोप झापामा ४० हजारले लगाउने अनुमान गरिएको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाँईले जानकारी दिनुभयो ।

५० देखि ५४ वर्ष उमेर समूहका ४० हजार, भूटानी शरणार्थी, शारीरिक अपाङ्गता भएका मानिसहरुसहित ७ हजार गरी कुल ४७ हजार मानिसले जोनसोनको खोप लगाउने अपेक्षा गरिएको बताइएको छ ।
झापाका १५ स्थानीय तहमा रहेका सरकारी अस्पताल, स्वास्थ्य चौकीसहित ६५ वटा खोप केन्द्रमार्फत कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन भइरहेको फोकल पर्सन चौंलागाँईले जानकारी दिनुभयो ।

































































































