विर्तामोड । पहिलो चरणमा खोप लगाउनका लागि कनकाई नगरपालिकाले तय गरेको लक्षित समूह (ख) भित्र पर्ने नागरिकका लागि लगाउने भनिएको साउन १९ गतेको खोप स्थगन गरेको छ ।
पहिलो लक्षित समूहलाई नै खोप अपुग भएको भन्दै नगरपालिकाले सार्वजनिक सूचना सार्वजनिक गर्दै नगरपालिकाले खोप स्थगन गर्नु परेको कार्यालयका उपसचिव पिताम्बर गौतमद्वारा हस्ताक्षरित जारी सूचनामा जनाइएको छ।
नगरपालिकाले खोप अपुग भएका कारण स्थगत गर्नुपरेको जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय झापा, इलाका प्रहरी कार्यालय सुरुङ्गा र घैलाडुब्बासहित नगरपालिकाका सबै वडामा बोधार्थ पठाएको छ । कनकाईमा साउन १७ गतेदेखि ५५ वर्ष उमेर पार गरेका सर्वसाधारणसहित फ्रन्टलाइनमा काम गर्नेलाई लक्षित समूह क र ख मा वर्गिकरण गरी चरणवद्ध रुपमा कोरोना विरुद्धको भेरोसिल खोप सञ्चालन हुँदै आएको थियो ।
कनकाईमा साउन १९ गतेको खोप स्थगन

































































































