Homeसमाचारविर्तामोड खोप काण्ड : पाँचबुँदे माग राख्दै सञ्जालद्वारा प्रशासनमा ज्ञापन पत्र

विर्तामोड खोप काण्ड : पाँचबुँदे माग राख्दै सञ्जालद्वारा प्रशासनमा ज्ञापन पत्र

झापा । मानव अधिकार संजाल झापाले कोरोना महामारीबाट बच्नका लागि सरकारले लक्षित समूह तोकेर उपलब्ध गराएको कोरोना विरुद्धको खोप स्वास्थ्यकै कर्मचारीले होटलमा लुकाइर राखेको घटनाप्रति निष्पक्ष छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
सञ्जालले आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन झापाका प्रमुख जिल्ला अधिकारी समक्ष ५ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
सञ्जालका महासचिव रुपक खनालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा विर्तामोड नगरपालिकाका स्वास्थ्य विभागका कर्मचारीको अनियमितताबारे निष्पक्ष छानविन गरिनुपर्ने, झापाका सबै स्थानीय तहमा वितरण गरिएको खोप संख्या, कति स्थानीयले खोप लगाए संख्या सार्वजनिक गर्न माग गरेको छ ।
त्यसैगरी सञ्जालले स्वास्थ्य कार्यालय प्रमुखलाई पनि छानविनको दायरामा ल्याउनुपर्ने, खोपमा अनियमितता गर्ने स्वास्थ्य क्षेत्रका कर्मचारी वा स्वयंसेवक सबैलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने, खोपलाई आगामी दिनमा दुरुपयोग हुन नदिन र सर्वसाधारणलाई खोप लगाउन सहज वातावरण बनाउन माग गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड खोप काण्ड : पाँचबुँदे माग राख्दै सञ्जालद्वारा प्रशासनमा ज्ञापन पत्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img