भद्रपुर । कृषि ज्ञान केन्द्र झापालाले आर्थिक बर्ष २०७७/७८ को असार मसान्त सम्मको एक बर्षमा झापाका विभिन्न पालिकाहरुमा आबद्ध कृषि सहकारी तथा समुह मार्फत ३ करोड ६५ लाख ७९ हजार ६ सय रुपैया बराबरको अनुदान रकम प्रदान गरेको छ ।
संघीय सरकार मार्फत प्रशासनिक खर्च समेतको प्राप्त ४ करोड ४५ लाख ९८ हजार रुपैयाँको बजेटबाट केन्द्रले समुह सहकारी सदस्यमा आबद्ध झापाका किसानहरुलाइ सो बराबरको अनुदान रकम प्रदान गरेको हो ।
जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत ६ वटा पुरानो ब्लक बिकास योजना अन्र्तगत संचालित झापाका बाह्रदर्र्शी, शिवसतासी ,दमक लगायतका विभिन्न पालिकाहरुमा यस बापतको अनुदान रकम ८१ लाख ८७ हजार प्रदान गरिएको छ ।
यसैगरी नयाँ ब्लक विकास कार्यक्रम अन्र्तगत संचालित योजनामा १ करोड ७३ लाख ४ हजार रुपैया अनुदान प्रदान गरेको छ भने धान उत्पादन प्रबर्धन कार्याक्रम अन्र्तगत गौरादहका कृषकहरुलाई २० लाख अनुदान प्रदान गरेको छ ।
त्यस्तै मकै उत्पादन प्रर्बधनकार्याक्रम अन्र्तगत झापा गाउपालिका र बाह्रदर्शी संचालित योजनामा ४९ लाख ५५ हजार रुपैयाँ र प्राङगरिक खेती मिसन कार्याक्रम अन्र्तगत दमक, शिवसतासी र विर्तामोड नगरपालिकामा ७१ लाख ३२ हजार ७ सय रुपैयाँ अनुदान प्रदान गरेको कार्यालयका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले जानकारी दिनुभयो ।
उपयुक्त योजनाहरु मध्ये सम्झौता भएर पनि मापदण्ड अनुरुप कार्य नगर्दा ब्लक विकास कार्याक्रमको रकम भने नेपाल सरकारलाइृ नै फिर्ता पठाएको उहाँको भनाइ छ । मापदण्ड नपुर्याई आउने कतिपय योजनाहरुबाट बचेको ६७ लाख ६१ हजार रुपैया भने सरकारको कोषमा फिर्ता गएको भट्टराईृले जानकारी दिनुभयो ।
यसै गरी गत आ.व मा सोही कार्यलयमा प्रदेश सरकार मार्फत प्राप्त हुने ७ करोड ४८ लाख १ हजार रुपैया मध्यमा कोभिडका काराण घटाएर उपलब्ध गराएको ३ करोड ७४ लाख मध्य बाट जिल्ला का विभिन्न स्थानहरुका कृषकहरुका लागि कृषी बजार प्लान्ट क्लिनिक, लगायतका कृषकहरुको हितमा गरिने कार्यहरु गर्दा ९० प्रतिशत रकम खर्च भएको कार्यालयले जनाएको छ ।
कृषिको तीनकरोड ६५ लाख बढी रकम अनुदान वितरण

































































































