HomeFeatured 2किन पत्ता लाग्दैनन् शंकास्पद हत्या घटनाका दोषी ?

किन पत्ता लाग्दैनन् शंकास्पद हत्या घटनाका दोषी ?

रेजिना गौतम

विर्तामोडकी सिर्जना बस्नेतको शंकास्पद मृत्यु भएको १८ दिन वित्यो । अर्धनग्न अवस्थामा आफू बसेकै घरको अगाडि एकाबिहानै शब भेटिएपछि उनको मृत्युलाई सहज मृत्युका रुपमा स्थानीयले स्वीकार गर्न सकेका छैनन् । घटना रहस्यमय भएको भन्दै प्रहरीले सिर्जनाको मृत शरीर भेटिएका स्थानमा ‘डेथबडी’ उठाउनु अघि फरेन्सिक चिकित्सकको टोली र तालिम प्राप्त कुकुर समेत झिकायो र तत्काल अनुसन्धान प्रक्रिया अघि बढायो । डेथबडी शंकास्पद देखिएकै कारण वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई महिला र एकपुरुषसहित तीनजनाको चिकित्सक टोलीले शबको स्थलगत अवलोकन/अनुसन्धान ग¥यो ।
अपराध अनुसन्धानमा सहयोगीका रुपमा प्रहरीले प्रयोग गर्दै आएको संघीय प्रहरी इकाई धरानबाट ल्याइएको तालिमप्राप्त कुकुरले अपराधमा सम्लग्नताको संकेत घरभित्रै गरेको प्रहरीले जनाएको छ । फरेन्सिक टोलीले कुकुरको अनुसन्धानपछि पोष्टमार्टम रिपोर्टका लागि सिर्जनाको डेथबडी समेत प्रहरीले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै पठायो । पोष्टमार्टम तथा फरेन्सिक ल्याव टेष्टका लागि आवश्यक प्रमाण जुटाएपछि नै हुनुपर्छ हत्या आशंका गरिएकी सिर्जनाको शव बुझेर परिवारले भोलीपल्ट नै दाहसंस्कार गर्यो । तर, सिर्जनाको शंकास्पद मृत्यु भएको दुईसाता वितिसक्दा पनि पोष्टमार्टम रिपोर्ट सार्वजनिक नहुनु र हत्याको अनुसन्धानमा भएको प्रगति विवरण प्रहरीले सार्वजनिक नगर्दा प्रहरी प्रशासनको कार्य शैलीप्रति स्थानीयले औंला उठाउन थालेका छन् ।
के सिर्जनाको मृत्यु सहज थियो ? आत्महत्या हो भने अर्धनग्न (भित्री वस्त्रमा मात्रै) कसरी भइन् ? अनि शरीरका विभिन्न ठाउँमा चोट कसरी लाग्यो ? के चारतला माथिबाट नाङ्गै हाम्फाले र आत्महत्या गरिन् त ? यदि आत्महत्या नै हो भने आत्महत्या गर्नुपर्ने कारण के थियो ? वा आत्महत्या गर्न कसैले दुरुत्साहन गर्यो ? शब भेटिएको स्थानमा रगतको टाटा कहाँबाट आयो ?
अनि घरभित्रै पसेको तालिम प्राप्त कुुकुरले कसलाई संकेत गर्यो वा गरेन ? पोष्टमार्टम रिपोर्टमा के देखियो ? प्रहरीले अनुसन्धान जारी राखेको छ वा छैन ? प्रहरी निगरानीमा रहेको घर र घटना भएका दिन उक्त घरमा रहेका सिर्जनाका आफन्त निगरानीमै छन कि ! छैनन् ? कि प्रहरी प्रशासन कसैको दवाव वा प्रभावमा पर्यो ? यी यस्ता शंका आशंकाहरु दिनानुदिन बढिरहेका छन् ।
विर्तामोडमा घटेका शंकास्पद मृत्युका घटनाको विषय लिएर प्रशासन समक्ष स्थानीयले प्रश्न गर्ने घटना यो मात्र होइन । २०७७ पुसयता ४ वटा मृत्युका घटना अस्वाभाविक र शंकास्पद छन् । तर ती चारवटै घटनामा संलग्न अपराधी अहिलेसम्म पत्ता नलाग्नु आश्चार्यको विषय त बनेको छ नै प्रहरीको कार्यक्षमतामाथि समेत समाजले प्रश्न उठाउन थालेको छ ।
गत पुसमा श्रीमानलाई खाना पु¥याउन घरबाट निस्किएकी दिनो राजवंशी बेलुका घर फर्किनन्, भोलीपल्ट विहान उनको शब घर नजिकैको खेतका गरामा भेटियो, उनको हत्यामा को संलग्न थियो ? अहिलेसम्म पत्ता लागेको छैन भने कोही पक्राऊ समेत परेको छैन । त्यसपछि विर्तामोडकै होटल व्यवसायी तिलक निरौलाको शव देउनियाँ नजिकैको जंगलमा भेटियो । हत्या गरिएको अवस्थामा भेटिएको उक्त घटनाबारे पनि प्रहरी मौन छ । त्यसैगरी विर्तामोडमै मासुपसल गर्ने एक व्यक्तिको शब सडिएको अवस्थामा विर्तामोडमै भेटियो । यिनीहरुको हत्या कसरी भयो ? कसले गर्यो ? किन गर्यो ? भन्ने प्रश्न अहिले आम जनमानसमा छ । कुनै घटनाका अभियुक्त सार्वजनिक नगरिदा सुरक्षा चुनौति समेत महसुस गर्न थालेका छन्–स्थानीय ।
गत बैशाखदेखि असार मसान्तसम्ममा हत्या र हिंसाका धेरै घटना घटे । जुन घटनाका निशानामा युवतीहरु परेका छन् । निशानामा परेका युवतीहरुको हत्या, वेपत्ता वा घरेलु हिंसाको शिकारमा परेर ज्यान गुमाएकाको अपराधी पक्राऊ गर्न निकै ठूलो संघर्ष महिलाहरुले गरिरहेका छन् । त्यसैका उदाहरण हुन ससुराबाट यौन हिंसापछि हत्या गरिएकी चितवनकी – सविता भण्डारी, विहे भएको २७ दिनमा मृत भेटिएकी पोखराकी विष्णु बराल । उनको परिवारले बरालले आत्महत्या भनेर दावी गरेपनि घटनाको अन्तर्य शंकास्पद देखिएपछि महिलाहरुको ठूलो दवावपछि मात्रै प्रहरीले बाध्य भएर विष्णुका सासुसहित परिवारका केही ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सार्वजनिक भएका यी प्रतिनिधि घटनामात्र हुन् । यो समय सिर्जना, सविता र बिष्णुको जस्तो अवस्थामा पुगेका धेरै घटनाहरु छन् जो कति थाहा भएर पनि समेट्न सकिएन भने कति भित्रभित्रै दबाइएका छन् । जसको लेखा जोखा नै छैन ।
नेपाल प्रहरी दक्षिण एसियामा अनुसन्धानमा अब्बल मानिन्छ । धेरै शंकास्पद घटनाहरुमा अनुसन्धानको अब्बलता सावित गरेको पनि छ प्रहरीले । तर, विर्तामोडमा भएका हत्याका घटनाबारे प्रहरी किन मौन छ ?
दुईदशक अगाडि बलात्कारका घटना देशैभर वार्षिक दुई देखि तीन सयको हाराहारीमा दर्ता हुने गर्थे । नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले त्यो संख्या लगभग १५ देखि १९ सय हाराहारी पुगेको छ । बलात्कारका घटना किन बढिरहेको छ भन्ने विषयमा आजसम्म कुनै निकायबाट खासै अध्ययन भएको पाइदैन । अझ पछिल्लो समयका घटनाक्रमहरुले त घर–परिवारभित्रकै मानिसको संलग्नतामा महिला, किशोरी तथा बालिकाहरु यौन तथा घरेलु हिंसामा पर्ने गरेको देखिएको छ । यद्यपि यसको अध्ययन–अनुसन्धान भने भएको पाइदैन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2किन पत्ता लाग्दैनन् शंकास्पद हत्या घटनाका दोषी ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img