Homeसमाचारविर्तामोडमा एकसाता लकडाउन

विर्तामोडमा एकसाता लकडाउन

बिर्तामोड, १० साउन । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि बिर्तामोड नगरपालिकामा एक साता लकडाउन घोषणा भएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि, कार्यपालिका सदस्य, स्थानीय प्रशासन र स्वास्थ्यकर्मीबीच आज नगरपालिकामा सम्पन्न छलफलमा आगामी १३ गतेदेखि १९ गतेसम्मका लागि नगरपालिकाभित्र लकडाउन गर्ने निर्णय भएको हो । छलफलमा तीन दिनपछि मात्र लकडाउन गर्ने निर्णय भएको उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिनुभयो ।
निर्णयअनुसार साउन १३ गते बुधबार राति १२ बजेदेखि शुरु भएको लकडाउन साउन १९ गते राति १२ बजेसम्म रहनेछ । झापामा कोरोना संक्रमीत बढ्दै गएको भन्दै बुद्धशान्ति, कनकाई र अर्जुनधारा नगरपालिकाको केही क्षेत्रमा यसअघि नै लकडाउन घोषणा गरिएको छ । दमक र शिवसताक्षी नगरपालिकामा सोमबारबाट शुरु हुनेगरी लकडाउन घोषणा गरिसकिएको छ ।
जिल्ला विपद ब्यवस्थापन समिति एवं केन्द्रीय विपद ब्यवस्थापन समितिले क्रमशः लकडाउन खुकुलो पारेपनि झापाका स्थानीय तहले पुनः लकडाउन घोषणा गरेपछि स्थानीय अन्योलमा परेका छन् । लामो दुरीका सवारी साधन खोल्ने केन्द्रको निर्णयले लकडाउन घोषणा गरिएपनि राजमार्ग जोडिएका नगर÷गाउँपालिकामा भने कार्यान्वयन जटिल देखिएको छ ।
लकडाउनमा उपभोग्य वस्तुको मूल्य बृद्धि हुनेजस्ता समस्या विगतमा देखिएको भन्दै झापाबासी केही सचेत नागरिकले भने लकडाउन नगर्न खबरदारी समेत गरिरहेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बजार खुल्ला राख्नुपर्ने उनीहरुको मत छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोडमा एकसाता लकडाउन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img