HomeFeatured 2भद्रपुरमा साउन १७ गतेबाट कक्षा ११ को परीक्षा सञ्चालन हुने

भद्रपुरमा साउन १७ गतेबाट कक्षा ११ को परीक्षा सञ्चालन हुने

भद्रपुर । भद्रपुर नगरपालिका क्षेत्रमा साउन १७ गतेबाट स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
नगर शिक्षा समितिको सरोकारवाला सहितको बैठकले राष्ट्रिय परीक्षा बोर्डको निर्देशन अनुसार माध्यमिक तह कक्षा ११ को वार्षिक परीक्षा भौतिक रूपमा नै साउन १७ गतेबाट सम्पन्न गर्ने निर्णय गरेको हो ।
नगर शिक्षा समितिका अध्यक्ष एवम् भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले नगर क्षेत्रमा कक्षा १२ सम्म सञ्चालनमा रहेका माध्यमिक विद्यालयहरूले परीक्षा सञ्चालन गर्दा नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले तोकेको न्युनतम स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालित हुनु पर्ने शर्त समेत निर्धारण गरेको छ ।
नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलका अनुसार कोरोना माहामारीलाई ख्याल गर्दै स्वास्थ्य जाँच अनिवार्य गर्ने, सेनिटाइजर, हातधुने साबुन पानीको प्रबन्ध मिलाएर एउटा परीक्षा हलमा २५ जना भन्दा बढी नराख्ने व्यवस्थापन सहित शंका लागेका विरामी विद्यार्थीलाई छुट्टै परीक्षा हलको प्रबन्ध गरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिइएको छ । यसैगरी कुनै विद्यार्थीमा कोरोना संक्रमणको लक्ष्यण देखिए नगरपालिकाले उपचारका लागि प्रबन्ध मिलाउने समेत जनाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा प्रणालीलाई विश्वासनीय बनाउन भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि भद्रपुर नगर क्षेत्रका सवै माध्यमिक विद्यालयहरूले स्वास्थ्य मापदण्ड पूरा गरी कक्षा ११ को परीक्षा भौतिक रूपमा गर्न नगर शिक्षा समितिलाई अनुरोध गरेका थिए । नगर क्षेत्रमा ६ वटा सरकारी स्वामित्वका र ६ वटा निजी क्षेत्रबाट सञ्चालनमा रहेका माध्यमिक तह कक्षा ११ र १२ सम्म सञ्चालनमा रहेका विद्यालय छन् ।
निजी क्षेत्रका विद्यालयहरूले अनलाइन प्रविधि मार्फत परीक्षा लिने तयारी गरिरहेका भए पनि सरकारी विद्यालयमा अनलाइन प्रविधि मार्फत परीक्षा सञ्चालन गर्न असफल देखिने भएपछि कक्षा ११ को परीक्षा सरकारी र निजीको फरक फरक दुईखालको हुने देखिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुरमा साउन १७ गतेबाट कक्षा ११ को परीक्षा सञ्चालन हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img