Homeसमाचारलामो दुरीका सार्वजनिक बसको भाडा २८ प्रतिशतले बृद्धि

लामो दुरीका सार्वजनिक बसको भाडा २८ प्रतिशतले बृद्धि

झापा। सार्वजनिक बसको भाडा २८ प्रतिशतले बृद्धि भएको छ । यातायात व्यवस्था विभागले आज (बुधवार) सार्वजनिक गरेको सूचना अनुसार लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको उल्लेख छ ।
भाडा बृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आइतवार अर्थात् असार २७ गते नै विभागलाई सहमति दिएको थियो । विभागले हिजो (मंगलवार २९ गते) देखि नयाँ भाडा दर लागू भएको जनाएको छ ।
नयाँ भाडादर अनुसार पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बृद्धि भएको छ । बढेको भाडादर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।
इन्धनको मूल्य वृद्धिलाई ३५ र अन्य सूचकलाई ६५ प्रतिशत आधार मानेर भाडा दर तय गर्ने गरिएको छ । २०७५ साल असोजमा भाडा बढाएयता यो बीचमा पुनः भाडा समायोजन गरिएको थिएन । यो अवधीमा इन्धन तथा अन्य पाटपुर्जाको समेत मूल्य धेरै नै बढेकाले यस पटक गाडी भाडा पनि बढाइएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालको भनाई छ ।
इन्धनका भाडा बृद्धि भएसंगै यातायात व्यवसायीले भाडा समायोजनको विषयलाई तदारुकताका ाथ उठाउँदै आएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलामो दुरीका सार्वजनिक बसको भाडा २८ प्रतिशतले बृद्धि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img