HomeFeatured 2काेराेना खाेपका लागि इस्टु गुहार्याे नगर सरकार

काेराेना खाेपका लागि इस्टु गुहार्याे नगर सरकार

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) विर्तामोड नगर समितिले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोरोना बिरूद्धको खोप लगाउन माग राख्दै नगर सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
इस्टु नगर समितिकी अध्यक्ष रमा ढुंगानाको नेतृत्वमा गएको टोलीले शिक्षण क्रियाकलापमा निरन्तर खटिरहेका संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई अविलम्ब खोप लगाउन माग राखेर नगर सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
संस्थागत विद्यालयमा स्वास्थ्य जोखिम मोलेर न्युनतम पारिश्रमिकमा एक हजार ५ सय बढी शिक्षक कर्मचारी काम गरिरहेका भए पनि विद्यालयका संस्थापकहरूले समेत खोप प्रवन्धमा चासो नराखेपछि खोपका लागि इस्टु नेतृत्व आफैं नगर सरकार गुहार्न अगाडि सरकेको हो ।
ज्ञापनपत्रमा भनिएको छ—संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु विद्यार्थी र अभिभावकको निरन्तर सम्पर्कमा आइ समुहमा नै रहेर काम गर्नु परेकाले शिक्षक कर्मचारी कोभिड संक्रमणको जोखिममा रहिरहेको अवस्था जानकारी गराउन चाहन्छौ साथै बिर्तामोड नगरपालिका भित्र रहेका संस्थागत विद्यालयमा १५०० शिक्षक तथा कर्मचारी कार्यरत रहेको कुरा पनि जानकारी गराउन चाहन्छौं। हाल नेपाल सरकार स्वास्थ्य बिभागले विद्यालयका शिक्षक कर्मचारीले कोरोना खोप लगाउने लक्षित बर्गमा राखिसकेको हुदा यस नगरपालिकाले हामी शिक्षक कर्मचारीलाइ पहिलो प्राथमिकतामा राखेर तत्काल खोप उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौ भनिएको छ

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2काेराेना खाेपका लागि इस्टु गुहार्याे नगर सरकार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img