Homeसमाचारकोभिड–१९ विरुद्धको जोन्सन एन्ड जोन्सनको खाेप लगाउन प्राथमिकता निर्धारण

कोभिड–१९ विरुद्धको जोन्सन एन्ड जोन्सनको खाेप लगाउन प्राथमिकता निर्धारण

काठमाडौं । कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ ।
सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बैठकले जोन्सनको खोप पाउने प्राथमिकता निर्धारण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले जानकारी दिनुभयो ।
डा। पौडेलका अनुसार एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५०–५४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने छ । यो उमेर समूहका नागरिक लगभग १३ लाख रहेको बताइएको छ।
उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता ९वर्ग क र ख० भएका नागरिकलाई दिइने पौडेलले जानकारी दिनुभयो ।
हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई पनि जोन्सनको खोप दिने निर्णय भएको उनले बताए । उनका अनुसार नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु झण्डै २५ हजार छन् ।
यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई पनि जोन्सनको खोप दिइने छ ।
अमेरिकाबाट सोमबार १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुगेसँगै सरकारले यो कम्पनीको खोप लगाउने प्राथमिकता निर्धारण गरेपनि यो खोप कहिलेदेखि शुरू गर्ने मिति भने तोकिएको छैन ।
यद्यपि खोप लगाउन प्राथमिकता निर्धारण गरिसकेकोले छिट्टै लगाउन थाल्ने स्वास्थ्य सेवा विभाग खोप महाशाखा प्रमुख डा। झलक गौतमले बताउनुभयो ।
सरकारले आजदेखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
समाचारकोभिड–१९ विरुद्धको जोन्सन एन्ड जोन्सनको खाेप लगाउन प्राथमिकता निर्धारण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img