विर्तामोड २८ असार । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य महेन्द्रभुषण शाहको निधन भएको छ ।
विर्तामोड नगरपालिका–४ निवासी ५५ बर्षीय शाहको ह्ृदयघातका कारण सोमबार निधन भएको हो । ह्ृदयघातपछि विर्तामोडस्थित वि.एण्ड.सी. अस्पतालमा पु¥याइएको र उहाँको अस्पतालमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
राजनीति तथा विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय साह छठ समाज विर्तामोडका सल्लाहकार, माँ लक्ष्मी सहकारी संस्थाका ऋण संयोजक हुनुहुन्थ्यो । साहका ३ छोरी र श्रीमती छन् । उहाँको सोमबार नै ३ बजे पवित्र कनकाई माईमा अन्त्येष्ठी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले कांग्रेस जिल्ला सदस्य एवं सामाजिक काममा सक्रिय साहको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । मृतक साहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै थापाले शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
कांग्रेस जिल्ला सदस्य साहको निधन

































































































