Homeसमाचारझापामा बाढीबाट ३८ सय बढी परिवार प्रभावित हुने अनुमान

झापामा बाढीबाट ३८ सय बढी परिवार प्रभावित हुने अनुमान

झापा । झापाका यो वर्षको बाढीबाट तीनहजार आठसय तीन परिवार प्रभावित हुन सक्ने नेपाल रेडक्रस सोसाइटी झापाले अनुमान गरेको छ ।
विपत व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्माण गर्दै आएको नेपाल रेडक्रस सोसाइटी झापाले विभिन्न आठवटा स्थानीय तहका तीनहजार आठसय तीन परिवार प्रभावित हुँदा ती घर परिवारमा आश्रित १८ हजार आठसय १० जना प्रत्यक्ष असर पर्ने रेडक्रसले औल्याएको छ । बाढीबाट प्रभाति हुन सक्ने सात स्थानीय तहका २७ वटा वडा प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ भने कचनकवलका सबै वडाहरु प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।
बढी पूर्वानमान गरिएका स्थानीयतह मध्ये झापा गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको देखिएको छ । यो वर्ष झापा गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ७ नम्बर वडा बढी प्रभावित हुने देखिएको छ । झापाका ८५० परिवारका त्यहाँ आश्रित चारहजार २०० जना प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । त्यो पछि कचनकवल गाउँपालिका अन्तरगतका सबै वडामा बाढीको जोखिम देखिंदा ७५० परिवारका ३ हजार ८०० जना प्रभावित हुने हुन सक्ने अनुमान गरिएको छ ।
त्यसैगरी बाह्रदशी गाउँपालिकाका ६ वटा वडाका ६५० घर परिवारका ३ हजार २५० जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ । बाह्रदशीका वडा नं. १,२, ३, ४, ६ र ७ नं. वडामा बाढीको प्रभाव पर्ने उल्लेख गरिएको छ । त्यसैगरी गौरीगंज गाउँपालिकाका वडा नं. १ र २ प्रभावित हुँदा दुई वडाका ४५२ परिवारका २ हजार १६० जना प्रभावित हुने रेडक्रसको अनुमान छ ।
त्यसैगरी भद्रपुर नगरपालिकाका तीनवटा (१, २ र ८) वडा प्रभावित हुँदा ती वडाका ३०० परिवारका २ हजार २०० जना प्रभावित हुनेछन् भने शिवसताक्षी नगरपालिका पाँचवटा (४, ५, ६, ७ र १०) नं. वडाका ३५० परिवारका १ हजार ६०० जना प्रभावित हुने पूर्वानुमान गरिएको छ । त्यसैगरी मेचीनगर नगरपालिका दुई (७ र १५) वडाका २०० घरधुरीका एकहजार २०० जना प्रभावित हुनेछन् ।
यसरी नै कनकाई नगरपालिकाका ४ वटा वडाबाहेक अन्य सबै वडा बाढीबाट प्रभावित हुँदा २५० परिवारका एकहजार ३०० प्रभावित हुने देखिएको छ ।
झापाका बिरिङ, कनकाई माई, मेची, रतुवा, निन्दा, देउनिया, फुलवासा, हडिया, टाङटिङ, नेते, कमल बनियानी नदी लगायतमा आएको बाढीबाट नदी आसपासमा रहेका बस्ती प्रभावित हुँदै आएका छन् ।
यी नदिबाट यसअघि पनि वर्षातमा जिल्लाका विभिन्न गाउँ तथा बस्तीहरु प्रभावित हुँदा डुवान, कटान, हुनुका साथै बाली–नाली, पशु–चौपाया तथा मानवीय क्षति समेत हुँदै आएको छ ।
यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ ।
गत वर्ष मनसुनजन्य विपद्बाट ४ सय बढीले ज्यान गुमाएका थिए । यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम बढी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने सम्भावना छ ।
यस वर्ष भने बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट १८ लाख बढी मानिस प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिनुभयो । यस वर्ष २३ जिल्लाका १६ लाख ८७ हजार मानिस बाढी तथा डुबानबाट र २६ जिल्लाका १ लाख १७ हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान रहेको पोखरेलले बताउनु भयो ।
दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलाञ्चोक, कास्की, खोटाङ, लमजुङलगायतका जिल्लामा पहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।
यस्तै, कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, पर्सा, मोरङ, चितवन लगायतका अधिकांश जिल्लामा बाढी तथा डुबानको बढी जोखिम रहेको छ ।
यी जिल्लाका अतिरिक्त पनि वर्षातमा विगत झैं तराईमा डुवान÷कटान र पहाडमा पहिरोको जोखिम कायमै रहने अनुमान गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा बाढीबाट ३८ सय बढी परिवार प्रभावित हुने अनुमान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img