काँकडभिट्टा । मेची उद्योग वाणिज्य संघ मेचीनगर कार्य समिति सदस्य भूमि पौडेल नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्वर १ को विषयगत समिति सदस्यमा मनोनयन हुनुभएको छ ।
चैत १८ को निर्णय अनुसार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ को विषयगत समिति घरेलु तथा साना उद्योग समितिको सहसभापतिमा मनोनयन गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ का अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेको मनोनयन पत्रको बोधार्थ घरेलु तथा साना उद्योग समिति ,नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ विराटनगरका सभापति प्रितम खड्गीलाई दिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ ले प्रदेशको आर्थिकगतिविधिलाई सक्रिय बनाउन, सवै व्यवसायीहरूको हक, हित र अधिकारका साथै संघीय, प्रदेश र स्थानी सरकार तथा सरोकारवालाहरूसँग समन्वय गरि काम गर्न विषयगत समिति गठन गरिएको अध्यक्ष ढकालले बताउनुभयो ।
महासंघले पौडेलको मनोनयनले प्रदेश उद्योग वाणिज्य महासंघलाई सशक्त बनाउन राय सुझाव र सल्लाह महत्वपूर्ण हुने र गतिविधिहरू क्रियाशिल बनाउने कार्यमा पूर्ण सहयोग प्राप्त गर्ने विश्वास लिएको अध्यक्ष ढकालको भनाई छ ।
घरेलु तथा साना उद्योग समितिको सहसभापतिमा भूमि मनोनित

































































































