Homeसमाचारपत्रकार महासंघद्वारा कोरोना प्रभावित पत्रकारलाई मनोपरामर्श

पत्रकार महासंघद्वारा कोरोना प्रभावित पत्रकारलाई मनोपरामर्श

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोरोना भारइसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम भर्चुअलरुपमा शुक्रबार सम्पन्न भएको छ ।
पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता, महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजीकरण मनोविद् गोपाल ढकालले गरेका थिए ।
प्रमुख अतिथि महासंघका संस्थापक महासचिव भण्डारीले कोरोनाले सञ्चार क्षेत्र र सञ्चारकर्मीमा ठूलो प्रभाव परेको बताउँदै यो बेला मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने र मनोबल बढाउनुपर्नेमा जोड दिए । कोरोना महामारीले उत्पन्न गरेको त्रासका बीच महासंघले सान्दर्भिक कार्यक्रम गरेको भन्दै भण्डारीले त्रास हटाएर सामान्य जीवनतर्फ फर्कन अहिलेको आवश्यकता भएको र अबको पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले पत्रकारको मनोबल बढाउनुपर्नेमा जोड दिँदै भने– ‘पत्रकारको मनोबल बढ्नु भनेको समाज एक कदम अगाडि बढ्नु हो ।’
कार्यक्रमका सहजकर्ता मानसिक एवम् मनोसामाजिक स्वास्थ्य राष्ट्रिय अभियान नेपालका संयोजक मनोविद् ढकालले अहिलेको समयमा मनोबल बढाउन तथा मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिए । ढकालले संक्रमण तथा संक्रमणपछिको अवस्थामा पनि मेडिटेशन, शारीरिक व्यायाम, निद्रा, सन्तुलित खानपान, सहयोगी भावना, पर्याप्त मनोरञ्जन र सुमधुर सम्बन्धमा ख्याल गर्नुपर्ने बताए ।
तनावमा हुँदा मनोबल घट्ने हुँदा तनाव व्यवस्थापन गर्दै हौसला, प्रेरणा र आत्मविश्वास बढ्ने गतिविधि बढाउनुपर्ने ढकालको सुझाव छ । उनले सकारात्मक ऊर्जा दिने पुस्तक पढ्न, भिडियो हेर्न सुझाएका छन् । तर, नकारात्मक प्रभाव पर्ने समाचार र सामाजिक सञ्जालबाट टाढा बस्न ढकालको सुझाव छ । आफूलाई जे गर्दा खुशी मिल्छ त्यस्ता कार्य गरेर मनोबल उच्च राख्दै मानसिकरुपमा स्वस्थ हुनुपर्नेमा मनोविद् ढकालले जोड दिएका छन् । अहिले कोरोनाबाट निको भएकामध्ये ३७ प्रतिशतलाई मानसिक समस्या देखिएको भन्दै उनले सबैका लागि मनोसामाजिक परामर्श आवश्यक रहेको बताए ।
महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत तथा सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रम आगन एफएम तथा महासंघको सामाजिक सञ्जालमार्फत पनि प्रत्यक्ष प्रशारण गरिएको थियो ।
कार्यक्रममा कोरोना भाइरस संक्रमणको अवस्थामा रहेका, संक्रमण मुक्त भएका तथा सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरुले मनोविद् ढकाल समक्ष विभिन्न जिज्ञासा राखेका थिए । पत्रकारहरु गणेशमान मुखिया, वीरबहादुर दर्नाल, विनोद पाण्डे, गोपाल काफ्ले, विष्णुकुल श्रेष्ठ, सुरज प्रधान लगायतले जिज्ञासा राखेका थिए । महासंघ झापा शाखाले पत्रकारहरुका लागि आवश्यक परेको खण्डमा मनोविद्सँग मनोपरामर्श कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपत्रकार महासंघद्वारा कोरोना प्रभावित पत्रकारलाई मनोपरामर्श
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img