HomeFeatured 2पत्रकारको दक्षमता विकासमा मिडिया संस्थाको भूमिका महत्वपूर्ण

पत्रकारको दक्षमता विकासमा मिडिया संस्थाको भूमिका महत्वपूर्ण

झापा । पत्रकारको दक्षमता विकासका लागि प्रदेश सरकारले विभिन्न योजना बनाएर अघि बढ्ने प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताउनु भएको छ ।
मिडिया एक्सन नेपाल प्रदेश–१ द्धारा आयोजित कोभिड महामारी र पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले पत्रकारको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो । उहाँले मिडियाको विकासका लागि प्रदेश सरकारले सबैसंग सहकार्य गर्ने भन्दै मिडिया एक्सन नेपालसंग हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले कोरोना कहरको समयमा पत्रकारमा परेको आर्थिक समस्यालाई मध्यनजर गर्दै फेलोसिपको ब्यवस्था गरेर सहयोग गरेको जानकारी दिनुभयो । प्रदेश–१ मा प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गरेर पत्रकारको क्षमता र दक्षता विकासका लागि पहल थालेको मन्त्री कार्कीको भनाई छ ।
मिडिया एक्सन नेपालका केन्द्रिय अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारको विषयमा मिडिया संस्था संवेदनशिल हुनुपर्ने बताउनु भयो । उहाँले मिडिया संस्थाले सरकारसंगको परनिर्भरता हटाएर आत्मनिर्भर हुदैं पत्रकारको पेशागत सुरक्षा तथा दक्षमता विकासमा ध्यान दिए मात्रै सञ्चार क्षेत्र सुदृढ हुने विश्वास ब्यक्त गर्नुभयो । पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका प्रभावकारी हुनुपर्नेमा अध्यक्ष पन्तले जोड दिनुभयो । उहाँले मिडिया स्वतन्त्र र निस्पक्ष नभए त्यसको असर सबै क्षेत्रमा पर्ने भएकाले पत्रकारलाई दक्ष र जिम्मेवार बनाउनका साथै पत्रकारिताको विकासको क्षेत्रमा मिडिया एक्सन नेपालले लामो समयदेखि काम गर्दै आएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष लीलाबल्भ घिमिरले पत्रकारको दक्षता र क्षमता विकासमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । सरकारसंगको परनिर्भरता हटाए मात्रै पत्रकारिता स्वतन्त्र हुने विचार ब्यक्त गर्नुभयो ।
शिक्षा पत्रकार समूहकी प्रदेश संयोजक एवम् सञ्चारिक समूह प्रदेश–१ की महासचिव राधा खनालले महिला पत्रकारको क्षमता विकासमा ध्यान दिन प्रदेश सरकार र पत्रकार महासंघको ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रदेश–१ का महिला पत्रकारको अवस्थाको विषयमा चर्चा गर्दै महिला पत्रकारलाई सवल र सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो । अझै पनि महिला पत्रकार निर्णयक तहमा पुगि नसकेको भन्दैे पछिल्लो समय महिला पत्रकारहरु पनि विभिन्न अनलाइन सञ्चार माध्यम सञ्चालन गरेर आफैं उद्यमी बन्न थालेकाले प्रदेश सरकारले प्रोत्सहान गरिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले कोभिड महामारीमा पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । झापामा सञ्चार माध्यमहरुले नै पत्रकारको कोरोना बिमा गरिदिएको जानकारी दिंदै पत्रकारको पेशागत सुरक्षाका लागि महासंघले पहल थालेको उल्लेख गर्नुभयो ।
प्रादेशिक सञ्चार प्रतिष्ठानका सदस्य गोपाल काफ्लेले पत्रकारलाई जिम्मेवार र दक्ष बनाउनका लागि प्रतिष्ठानले योजनाबद्ध ढङ्गबाट काम गर्ने बताउनु भयो । प्रदेश–१ का पत्रकारको क्षमता विकासका लागि पहल गर्ने उहाँको भनाई थियो ।
पछिल्लो समय सरकारसंगको परनिर्भरता बढ्दै गएकाले पत्रकारिता क्षेत्र स्वतन्त्र हुनेमा शंका उत्पन्न भएको मिडिया एक्सन नेपालका कार्यसमिति सदस्य आशिष मिश्रले बताउनु भयो । कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उनले मिडियाको विकासका लागि मिडिया संस्था जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रको सञ्चालन प्रदेश–१ संयोजक नरेन्द्र ढकालले गर्नुभएको थियो । हालसम्म ६ वटा प्रदेशमा वेबिनारबाट कार्यक्रम सम्पन्न भइसकेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पत्रकारको दक्षमता विकासमा मिडिया संस्थाको भूमिका महत्वपूर्ण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img