HomeFeatured 2संविधान रक्षाका लागि कलम चलाउन कांग्रेसको आह्वान

संविधान रक्षाका लागि कलम चलाउन कांग्रेसको आह्वान

विर्तामोड । नेपाली कांग्रेसका अग्रज नेताहरुले बन्दुकमा भन्दा बढी तागत कलममा हुने हुँदा कलममार्फत लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि कलम चलाउन आह्वान गरेका छन् ।
नेपाली कांग्रेस झापा प्रचार–प्रसार विभागको आयोजनामा सम्पन्न भर्चुअल बैठकमा सहभागी बक्ताहरुले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसकेको भन्दै संवैधानिक अधिकारमाथि समेत निरन्तर धावा बोलिरहेकाले कलममार्फत सरकारका असंवैधानिक गतिविधिको भण्डाफोर गर्न आह्वान गरेका हुन् ।
लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनमा आबद्ध सञ्चारकर्मी तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, झापा सभापति उद्वव थापा, पूर्व सांसद डिल्ली सिटौला, नेपाली कांग्रेस झापाका पदाधिकारी सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले बर्तमान सरकारलाई देश र जनताप्रति माया नभएको बताउँदै आन्तरिक झगडा र सत्ता स्वार्थमै तीनबर्ष विताएको टिप्पणी गर्नुभयो ।
जनता कोरोनाले छटपटाइरहँदा जनताको लाशमाथि राजनीति गरेर सत्ता टिकाउनमै सरकार ब्यस्त रहेको बताउँदै खोप आयात, अस्पतालको स्तरबृद्धि गर्न नसकेकै कारण धेरै जनताले ज्यान गुमाउनुपरेको धारणा राख्नुभयो ।
संवैधानिक बाध्यताका कारण पनि कांग्रेसको महाधिवेशन तोकिएको समयमा गर्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले महाधिवेशनपछि पार्टीभित्रको गुटउपगुट समाप्त भएमात्रै आगामी निर्वाचनको परिणाम कांग्रेसको पक्षमा आउने धारणा राख्नुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले लोकतान्त्रिक गणतन्त्रको रक्षा, प्रजातान्त्रिक तथा संसदीय अभ्यासमा सञ्चारको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो । नेपाली कांग्रेसको आसन्न महाधिवेशन मुलुकका लागि महत्वपूर्ण कोशेढुङ्गा हुने बताउँदै नेता शिवाकोटीले महाधिवेशनको परिणामले कांग्रेस, देश र जनताको भविष्य निर्धारण गर्ने बताउनुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले प्रधानन्त्री नेपाल र नेपाली जनताका हुन् कि होइनन् भन्ने विश्वास गुम्दै गएको बताउँदै कोरोना र लकडाउनलाई सत्ता रक्षाको प्रमुख आधार बनाइरहेको जिकिर गर्नुभयो ।
नेपाली कांग्रेस झापा सभापति थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रचार प्रसार विभागका संयोजक कृष्ण हुमागाईले सञ्चालन र प्रवीन निरौलाले प्राविधिक सहयोग गर्नुभएको कार्यक्रममा पत्रकारहरु गोविन्दचन्द्र छेत्री, चिन्तामणि दाहाल, लोकराज ढकाल लगायतले पार्टीले लोकतान्त्रिक विचार राख्ने पत्रकारहरुले चलाएका सञ्चार संस्थाहरुको संरक्षणका लागि स्पष्ट नीति तयार पार्न आग्रह गर्नुभयो । कोरोना भाइरसका कारण विज्ञापनको बजार सून्यप्राय बनेको र यसले साना लगानीका स्वरोजगारमुलक सञ्चार संस्थाको संरक्षण जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नं प्रदेश सदस्य विष्णु सुब्बा, झापा अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, राजेन्द्र गौतम, ज्ञानेन्द्र निरौला, बेणुप्रसाद अधिकारी, रेजिना गौतम, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष सुशिला संग्रौला, डिल्लीराम घोर्साई, ओमप्रकाश भटराई, राजेन्द्र चम्लागाई, दिपक ढुङ्गाना, विरु दर्नाल लगायतले कोरोना संक्रमणले सञ्चारमाध्यमहरु अत्यन्तै जीर्ण अवस्थामा पुगेको, सञ्चारकर्मीहरुको पारिश्रमीक तथा पेशागत सुरक्षाको सवाल ओझेलमा पर्दै गएको, स्थानीय, प्रदेश र संघीय सरकारले पनि सञ्चारमैत्री नीति लिन नसकेको बताउँदै सञ्चार संस्था र सञ्चारकर्मीको संरक्षण अत्यन्तै आवश्यक देखिएको बताउनुभयो ।
कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, नेपाल प्रजातान्त्रिक महासंघ झापाका अध्यक्ष देवी घिमिरे, नेपाली कांग्रेस झापाका सदस्य उत्तम चम्लागाई, सुन्दरा लुहागुन, कोषराज गड्तौला लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2संविधान रक्षाका लागि कलम चलाउन कांग्रेसको आह्वान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img