HomeFeatured 2प्रधानमन्त्री ओलीको प्रतिवद्धताः कोरोना नियन्त्रणमा साधन स्रोतको कमी हुन नदिने

प्रधानमन्त्री ओलीको प्रतिवद्धताः कोरोना नियन्त्रणमा साधन स्रोतको कमी हुन नदिने

झापा । तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तेस्रो कार्यकालका लागि शपथग्रहणपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै उहाँले राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गर्नुभएको हो।
महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उहाँले सचेत गराउँदै भन्नुभयो, ‘‘यतिबेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अनदेखा गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन । कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्रय छैन । सरकारले कडाइका साथ कारवाही गर्नेछ ।’
प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानूनको पालना गर्न आग्रह गर्नुभयो । उहाँले छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन पनि आग्रह गर्नुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । बैशाख २७ गते संसदमा विश्वासको मत लिन नसक्नु भएका ओली तीनदिनपछि प्रधानमन्त्री नियुक्त हुनु भएको हो । २७ गते प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत गुमेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीनदिनको समयावधि दिएर दलहरुलाई बहुमतीय सरकार गठनका लागि आह््वान गर्नुभएको थियो । राष्ट्रपतिले दिएको समयमा कुनैपनि दलले बहुमतसहितको सरकार गठनको दावी गर्न नसकेपछि संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा उहाँ प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुभएको हो ।


नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहेका छन् । नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रधानमन्त्री ओलीको प्रतिवद्धताः कोरोना नियन्त्रणमा साधन स्रोतको कमी हुन नदिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img