HomeFeatured 2२४ घण्टामा झापामा २५८ सहित देशभर ८ हजार ९६० मा कोरोना संक्रमण

२४ घण्टामा झापामा २५८ सहित देशभर ८ हजार ९६० मा कोरोना संक्रमण

झापा । पछिल्लो २४ घण्टामा झापामा २५८ सहित देशभरमा ८ हजार ९६० जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ४७४ जनाको पीसीआर परीक्षण र ७७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को ताप्लेजुङमा १८, पाँचथर २, इलाममा ८, झापा २५८, मोरङमा ३५८, सुनसरी २२१, उदयपुरमा २३, ओखलढुंगामा २, खोटाङमा २, धनकुटामा १७, भोजपुरमा १०, संखुवासभामा ५४ र सोलुखुम्बु १० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । त्यसैगरी प्रदेश २ को धनुषामा २०४, पर्सामा ९९, बारामा २१, महोत्तरीमा ८५, रौतहटमा ६६, सप्तरीमा ९२, सर्लाहीमा २३ र सिरहामा २३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ७३३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १६०, चितवनमा २९३, दोलखामा ७, धादिङमा ७८, नुवाकोटमा २१, भक्तपुरमा ३४८, मकवानपुरमा ६, रसुवामा ११, रामेछापमा ६७, ललितपुरमा ४८१, सिन्धुपाल्चोकमा ७४ र सिन्धुली ४५ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा २३७, गोरखामा ९२, तनहुँमा ३१, नवलपरासी पूर्वमा १२९, पर्वत ५, म्याग्दी ५, लमजुङमा ११, बागलुङमा ८ र स्याङजामा २२ जनामा कोरोना भेटिएको छ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २६, कपिलवस्तुमा ५३, गुल्मीमा १३, दाङमा २१७, नवलपरासीमा ३५, पाल्पामा ६२, प्यूठानमा २४, बर्दियाका ४४, बाँकेमा २५२, रुपन्देहीमा ५११ र रोल्पामा ६३ जना छन्।
कर्णाली प्रदेशको कालिकोटमा २४, जाजरकोटमा ५, जुम्ला १४, डोल्पा २, दैलेखमा ३४, रुकुम पश्चिममा ४२, सल्यानमा १४३, सुर्खेतमा १५९ र हुम्लामा २ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४९, कञ्चनपुरमा १८२, कैलालीमा ३७०, डडेल्धुरामा ३८, दार्चुला १३, बझाङमा ४, बाजुरामा २ र बैतडीमा ८९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2२४ घण्टामा झापामा २५८ सहित देशभर ८ हजार ९६० मा कोरोना संक्रमण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img