काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभासमक्ष विश्वासको मत माग्दै राखेको प्रस्ताव असफल भएको छ । संसदमा प्रधानमन्त्रीको विश्वासको प्रस्तावका पक्षमा ९३ मत परेको थियो भने विपक्षमा १२४ मत परेको छ ।
सोमबार (आज) प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव गर्नुभएको थियो । मतदानमा प्रस्ताव पारित हुन १३६ मत आवश्यक थियो । तर प्रधानमन्त्रीका पक्षमा ९३ मत मात्रै परेको सभामुख अग्नी सापकोटाले सदनलाई जानकारी गराउनु भएको छ ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने काँग्रेस, माओवादी केन्द्र तथा राजमोले प्रस्तावको विपक्षमा मत दिने स्पष्ट पारेका थिए। त्यस्तै, जनता समाजवादीको एक पक्षले प्रस्तावको विपक्षमा र अर्को पक्षले तटस्थ बस्ने निर्णय गरेका थिए।
एमालेको माधवकुमार नेपाल पक्ष बैठकमा अनुपस्थित थिए। प्रस्ताव असफल भएसँगै प्रधानमन्त्री पदमुक्त हुने निश्चित भएको छ । प्रस्तावको विपक्षमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले मत दिंए । पक्ष र विपक्षमा मत दिन्नँ भन्नेमा १५ मत परेको छ।
पाएनन् प्रधानमन्त्रीले विश्वासको मत, ढल्यो ओली सरकार

































































































