Homeसमाचारविर्तामोडका अधिकांस पसलमा छैन मूल्यसूची

विर्तामोडका अधिकांस पसलमा छैन मूल्यसूची

विर्तामोड । उपभोक्ता अधिकार ऐनमा उपभोग्य सामग्रीको मूल्यसूची अनिवार्य राखिनु पर्ने प्रावधान भएपनि विर्तामोडका अधिकांश पसलमा मूल्य सूची नभएको पाइएको छ ।
कोरोना संक्रमण जोखिम बढेसंगै दैनिक उपभोग्य खाद्य सामग्रीको मूल्य र बजारको अवस्थाबारे बजार अनुगमनका क्रममा यस्तो पाइएको हो ।
जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा, उपभोक्ता हित संरक्षण मञ्च झापा, स्थानीय नगरपालिका र प्रहरी प्रशासनको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूची नपाइएको हो ।
अनुगमनका क्रममा मूल्य सूची नराखिनुका साथै कतिपय पसलहरु घरेलुमा दर्ता हुनुपर्ने प्रावधान विपरित सञ्चालन भएको पाइएको थियो । अनुगमनका क्रममा कृषिथोकस्थित वेलकम स्टोर्स, डि.डी. स्टोर्स, दुर्गा पितरानी स्टोर्स लगायतका केही पसलहरु घरेलु कार्यालयमा दर्ता नगरी सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा यदु दाहालले जानकारी दिनुभयो । पछिल्लो समय व्यवसाय घरेलुमा दर्ता गर्नुपर्ने प्रावधान रहेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत सुरेन्द्र भट्टराईको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत नारायणप्रसाद खतिवडा, विर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष राजेन्द्र लिङदेन, कार्यपालिका सदस्य भागिरथा आचार्य, प्रहरी निरीक्षक विकास राई, उपभोक्ता हित संरक्षण मञ्च झापाका अध्यक्ष ओमभक्त सेढाई, उपाध्यक्ष तथा सञ्चारकर्मी भीमा शिवाकोटी, सञ्चारकर्मी लक्ष्मी लुईँटेल लगायतको टोलीले बजार अनुगमन गरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोडका अधिकांस पसलमा छैन मूल्यसूची
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img