HomeFeatured 2डिसिसिएमसीको निर्णय : काँकरभिट्टाको होल्डिङ सेन्टर निर्माण नयाँ श्रीनाथ गणलाई

डिसिसिएमसीको निर्णय : काँकरभिट्टाको होल्डिङ सेन्टर निर्माण नयाँ श्रीनाथ गणलाई

भद्रपुर । जिल्लास्थित डिष्ट्रिक कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) झापाको सम्पन्न बैठकले कोरोना संक्रमण जोखिम व्यवस्थापन र नियन्त्रणका लागि विभिन्न नौबुँदे निर्णय गरेको छ ।
कोरोना संक्रमण जोखिम दिनानुदिन बढिरहेका बेला झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले पूर्वी नाका नजिकै होल्डिङ सेन्टर निर्माणदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद, मुख्यमन्त्री तथा मन्त्री परिषदले गरेको कोभिड–१९ संक्रमण जोखिम न्यूनिकरण र अभाव व्यवस्थापन सम्बन्धीका निर्णयको प्रभावकारी कार्यान्वयन गर्नेदेखि पूर्वी नाकामा अपनाइने सतर्कता, जिम्मेवारी कार्यान्वयन र अनुगमन, दैनिक उपभोग्य सामग्रीमा हुन सक्ने कृत्रिम अभाव, मूल्य बृद्धि नियन्त्रण लगायतका निर्णय गरेको हो ।
नेपालसंग सिमाना जोडिएका मुलुकका नागरिकबाहेक अन्य मुलुकका नागरिक आवागमनमा पूर्वीनाका काँकरभिट्टाबाट स्थगित गर्ने निर्णय गरेको छ । त्यस्तै भारतीय नागरिकलाई स्थलमार्गबाट नेपाल आउनुपर्ने भए कोरोना संक्रमण परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ रिपोर्ट हुनुपर्ने तथा १० दिनसम्म अनिवार्य होटल क्वारेन्टिनमा बस्नका लागि होटल बुक गरेको प्रमाण पेश गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले अनुमति प्राप्त हुनुपर्ने, भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपाली नागरिकको हकमा १० दिन अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नुपर्ने त्यसको अनुगमन सम्बन्धीत स्थानीय तहले गर्ने निर्णय गरेको बताइएको छ ।
होटल वा होम क्वारेन्टिनमा बसे नबसेको सम्बन्धमा डिसिसिएमसी र सम्बन्धित स्थानीय तहले अनुगमन गर्ने गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र गृह मन्त्रालयमा नियमित जानकारी गराउने, नेपाल भारत पूर्वी नाका नजिक काँकरभिट्टा माविको चौरमा कम्तीमा एकहजार जना क्षमताको बहुउपयोगी अर्ध स्थायी प्रकृतिको होल्डिङ सेन्टर निर्माण गर्न नयाँ श्रीनाथ गण चारआलीलाई अनुरोध गर्ने, साथै कोरोनाको कारण देखाइ दैनिक उपभोग्य बस्तु तथा स्वास्थ्य सामग्रीहरुको बजारमा कृत्रिम अभाव सृजना गर्ने कालोबजारी गर्ने, मूल्यबृद्धि गर्ने, म्याद सकिएका खाद्यवस्तुमा रिलेवलिङ गर्ने जस्ता कानून विपरितको कार्य नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनलाई तिब्रता दिने र संलग्नता पाइएमा कानून बमोजिम कडा कारवाही गर्ने समेत निर्णय गरेको छ ।
बैठकले २०७८ बैशाख १४गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गरेका निर्णय र प्रदेशस्थित मुख्य मन्त्री तथा मन्त्रीपरिषदले २०७८ बैशाख १५ गते गरेको अभाव व्यवस्थापन सेन्टरका निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
बैठकमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, नयाँ श्रीनाथ गण झापाका प्रमुख अमरजंग थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराई, सशस्त्र प्रहरी बल–२ गण झापाका रमेशकुमार पाण्डे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका तिलक शर्मा प्रसाई, मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन पिताम्बर ठाकुर, कृष्ण कार्की, जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2डिसिसिएमसीको निर्णय : काँकरभिट्टाको होल्डिङ सेन्टर निर्माण नयाँ श्रीनाथ गणलाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img