Homeसमाचारस्वास्थ्य मापदण्ड पूरा गरेर मात्र यात्रा गर्न सामुहिक सचेतना

स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र यात्रा गर्न सामुहिक सचेतना

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्वमा झापाको सदरमुकाम चन्द्रगढी लेखनाथ चौकमा कोभीड १९ बाट आफु बच्न र अरुलाई समेत बचाउने उद्देश्यले सवारी साधनमा सवार यात्रु तथा पैदल यात्रीलाई स्वास्थ्य सावधानी प्रति सचेतना गराईएको छ ।
स्वास्थ्य मापदण्ड विपरित सडकमा सवारी साधन तथा पैदल यात्रा गर्ने नागरिकलाई सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी, साना हातहरु नेपाल भद्रपुर शाखा र मानव अधिकारका लागि एक महिला समुह झापाको समेत सहभागितामा सावधानी अपनाउन आग्रह गरिएको हो
मास्क नलगाई विर्तामोड भद्रपुर आवत जावत गर्ने तथा पैदल हिड्ने यात्रु र बजारमा व्यवसाय गर्ने सर्वसाधारणलाई समेतसहित आम नागरिकलाई अनिवार्य रुपमा मास्क लगाउन र स्वास्थ्य सावधानी अपनाउन खबरदारी गरिएको थियो ।
विभिन्न स्वास्थ्य सावधानी सम्बन्धि पम्पेलट सहित लेखनाथ चोक चन्द्रगढीमा प्रहरी नायव निरीक्षक देवेन्द्र सुवेदी, सेवाकेन्द्र चन्द्रगढी अध्यक्ष ज्ञानबहादुर चौहान, साना हातहरु नेपाल भद्रपुर अध्यक्ष जगत वाग्ले, समुह झापा अध्यक्ष रेखा अधिकारी लगायतका सहभागिहरुले अनावश्यक भिडभाड नगर्न र सदैव स्वास्थ्य सावधानी अपनाउन आम नागरिकलाइ सचेत गराएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्वास्थ्य मापदण्ड पूरा गरेर मात्र यात्रा गर्न सामुहिक सचेतना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img