HomeFeatured 2महिला मुक्ति अभियानद्वारा दुईदिने उद्घोषण तालिम सम्पन्न

महिला मुक्ति अभियानद्वारा दुईदिने उद्घोषण तालिम सम्पन्न

विर्तामोड । महिला मुक्ति अभियानको आयोजना तथा विर्तामोड नगरपालिकाको सहयोगमा दुईदिने उद्घोषण तालिम आइतबार सम्पन्न भएको छ ।
महिलाहरुको वाक क्षमतामा बृद्धि गर्ने उद्देश्यले आयोजित तालिमको संस्थाका अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तालिम समापनका अवसरमा सहभागीहरु माया प्रधान,मञ्जु अधिकारी,सेभी आङबुहाङ चन्द्रा तिगेला, साबित्रा चुडाल पाठक लगायतले तालिम उपयोगी भएको बताएका थिए ।
विर्तामोड नगरपालिकाका भित्रका १० वटै वडाका ५० बढी महिलाको सहभागीता रहेको तालिममा केशव भट्टराई र स्वस्तिका आचार्यले सहजीकरण गरेका थिए । तालिममा सहभागीलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
यस अघि शनिवारबाट शुरु भएको तालिमको विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि प्रसाई, विर्तामोड १ का वडाध्यक्ष अग्नी पाण्डे, मदन गोपाल सुब्बा, तेज कट्टेल, लीला मैनाली, तुलसा खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन विनिता तामाङले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महिला मुक्ति अभियानद्वारा दुईदिने उद्घोषण तालिम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img