विर्तामोड । एवीसी नेपाल झापाको आयोजना र विर्तामोड नगरपालिकाको सहयोगमा विर्तामोडमा एकदिने लैंङ्गिक हिंसा तथा मानव बेचविखन विरुद्ध कानूनी परामर्श तथा जनचेतनामुलक विषयक एकदिने कार्यक्रम सम्पन्न भएको छ ।

विर्तामोड नगरपालिका वडा नं.–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यता तथा एबीसी नेपाल झापाका अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि संग्रौला, नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी, सामाजिक व्यक्तित्व शान्तिराम निरौला, पार्वता गिरी, नेपाल ट्रेड युनियन केन्द्रीय सदस्य उर्मिला ढकाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कोरोना भाइरस जोखिम बढिरहेका बेला आयोजित कार्यक्रममा मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुका साथै अन्तरक्रियाको बसाई व्यवस्थापनमा स्वास्थ्य मापदण्ड अनुसार भौतिक दुरी कायम गरिएको थियो ।
उमा शिवाकोटीले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन देविका बस्नेतले गर्नुभएको थियो ।
चारपानेस्थित सामुदायिक हलमा सम्पन्न कार्यक्रममा अधिवक्ता लक्ष्मी खनाल कोइरालाले सहजीकरण गर्नुभएको थियो ।

































































































