भद्रपुर । नेपाल बार एशोसिएसन झापाले कोभिड १९ को महामारीले विश्वव्यापी रुपमा पारेको प्रभावप्रति चिन्तित हँुदै आम नागरिकको स्वास्थ्यप्रति तीनवटै तहका सरकारलाई संवेदनशिल बन्न आग्रह गरेको छ ।
बार एशोसिएसन झापा र मातहतमा रहेको मानव अधिकार तथा जनसरोकार समितिले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै संघ, प्रदेश र स्थानीय सरकारले आम नागरिकको स्वास्थ्य सुरक्षाप्रति समयमै संवेदनशिल बन्नुपर्ने अन्यथा समस्या जटिल बन्ने विज्ञप्तीमा उल्लेख छ ।
सरोकार समिति संयोजक टंकप्रसाद दंगाल तथा एशोसिएसन अध्यक्ष हरीप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोभिडको जोखिम उच्च अवस्थामा बढ्न सक्ने भन्दै दैनिक रुपमा हुने सरकारी कार्यालयहरुको भीडभाडलाई व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्डको अनिवार्य पालना गराएर मात्र सेवा प्रवाहको तत्काल व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
विज्ञप्तीमा सरकारसंग हरेक सिमा नाकामा हुने आवत जावतलाई कडाईका साथ लागु गर्दै निगरानी बढाउन र आम नागरिकको जीवन रक्षाका लागि सिमा क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीलाई उचित स्वास्थ्य सामग्री उपलब्ध गराई कोभिड नियान्त्रण गर्न आग्रह गरिएको छ ।
त्यसै गरि आपतकालिन रुपमा आवश्यक पर्ने तरल पदार्थ सहितको अक्सिजन तथा अन्य आवश्यकीय स्वास्थ्य सामर्गीहरु समेतको प्रवन्ध र व्यावस्थापन गर्न समेत माग गर्छौ विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा आम नागरिकले आफनो स्वास्थ्को ख्याल राख्दै स्वास्थ्य सावधानी अपनाएर हिडडुल गर्न ,भिडभाड नगर्न र माक्स अनिवार्य लागाउन समेत सर्बसाधाराणमा अनुरोध गरिएको छ ।
नागरिकको स्वास्थ्यप्रति गम्भिर हुन झापा बारको आग्रह

































































































