Homeसमाचारसमाचारदियालाे प्रगतिशील संरक्षण समितिले ४ सय बढीलाई दियो उपचार सेवा

दियालाे प्रगतिशील संरक्षण समितिले ४ सय बढीलाई दियो उपचार सेवा

भद्रपुर । नयाँ वर्ष २०७८ को अवसर पारेर भद्रपुर १ स्थित दियालो प्रगतिशील वातावरण संरक्षण समितिले बृहद स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
साविकको पृथ्वीनगर स्थित दिपक आधारभूत विद्यालय डि गाउँमा आयोजित निशुल्क शिविरमा ४ सय २४ जनाले स्वास्थ्य सेवा लिएका छन् भने ३ लाख ७५ हजार मूल्य बरावरको निशुल्क औषधि समेत वितरण गरिएको थियो ।
ग्रामीण बस्तीप्रति लक्षिण गरेर आयोजित स्वास्थ्य शिविरमा फिजिसियन, सर्जरी, बाल रोग, भिडियो एक्सरे, स्त्रीरोग, नाक कान घाँटी रोग, दन्त रोग र आँखा उपचार सेवा प्रदान गरिएको थियो । जसमा आँखा उपचार १ सय ८०, भिडियो एक्सरे ५९ र विविध स्वास्थ्य उपचार ४२४ जनाले लिएका छन् भने १७ जनाले रक्तदान समेत गरेका थिए ।
शिविरमा भद्रपुरमा रहेको ओम साई पाथिभरा अस्पताल, विर्तामोडको मेची आँखा अस्पताल र रेडक्रस झापाको प्राविधिक तथा विशेषज्ञ सेवा सहयोग रहेको थियो । विरामीको आवश्यकता हेरेर स्वास्थ्य समस्या देखिएका विरामीहरूलाई ३ लाख ७५ हजार मूल्य बरावरका औषधि समेत दिइएको सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले जानकारी दिए ।
दियाले प्रगतिशील वातावरण संरक्षण समितिका अध्यक्ष देवकुमार लिम्बूको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यत्र mममा ओम साई पाथिभरा अस्पताल भद्रपुरका निर्देशक बालकुमार पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मेदिनीप्रसाद शिवाकोटीले स्वागत तथा जीवन बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर १ का वडाध्यक्ष दशरथ प्रधान लगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारदियालाे प्रगतिशील संरक्षण समितिले ४ सय बढीलाई दियो उपचार सेवा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img