झापा २९ फागुन । झापाका दुई छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाले ज्यान गुमाएका छन् । कमल गाऊँपालिका–१ सरङपाडामा ना.१ त.६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे.३ प. ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक शिवसाताक्षी नगरपालिका–४ का २७ बर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको छ । ट्रिपर र चालक सोही स्थान बस्ने चित्र कार्की प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
त्यस्तै झापा बाह्रदशी गाऊपालिका –५ कनकन मार्ग स्थितमा आफैंले चलाएको स्कूटर अनियन्त्रित भई दुर्घटना हुँदा मे.११ प. ८४५१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घट्ना हुदाँ घाइते भएकी स्कुटी चालक सोही स्थान बस्ने ४३ बर्षीया कलसावती राजबंशी उपचारको क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापामा छुट्टा छुट्टै दुर्घटनाबाट २ जनाको मृत्यु

































































































