HomeFeatured 2समाजसेवी तथा राजनीतिज्ञ प्रसाईंलाई उत्कृष्ट नारी सम्मान

समाजसेवी तथा राजनीतिज्ञ प्रसाईंलाई उत्कृष्ट नारी सम्मान

बिर्तामोड । वीरता लेडी जेसीजसहित झापाका ३५ वटा विभिन्न सामाजिक संस्थाले सामूहिक रुपमा समाजसेवी तथा राजनीतिज्ञ गिरीराजकुमारी प्रसाईंलाई उत्कृष्ट नारीको सम्मान प्रदान गरेका छन् । वीरता लेडी जेसीजको उत्कृष्ट नारी सम्मान पाउने प्रसाई पहिलो महिला हुनुहुन्छ । जेसीजले यसै वर्षदेखि नारी दिवसको अवसरमा उत्कृष्ट नारी सम्मान गर्न शुरुवात गरेको हो ।
वीरता लेडी जेसीजले पहिलो पटक उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरी १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार प्रसाईंलाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको हो ।
समाजसेवामार्फत सामाजिक रुपान्तरणमा टेवा पु¥याएको भन्दै विर्तामोड – ५ देवीवस्ती निवासी ९० वर्षीया प्रसाईंलाई उक्त सम्मान प्रदान गरिएको हो ।
वीरता लेडी जेसीज पूर्व अध्यक्षहरुको अगुवाईमा भएको कार्यक्रममा वीरता लेडी जेसीजले प्रसाईंलाई पदक तथा सम्मान पत्र प्रदान गरेको थियो भने ३५ वटा संस्थाको तर्फबाट संयुक्त रुपमा एउटै सम्मान पत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै ३५ वटा संस्थाका प्रमुख तथा प्रतिनिधिले उत्कृष्ट नारी प्रसाईंलाई मायाको चिनो तथा खादा पहिर्याएर सम्मान गरेका थिए ।
उत्कृष्ट नारी सम्मान छनौट समितिको तर्फबाट संयोजक नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले २०७७ को उत्कृष्ट नारीको रुपमा प्रसाईंको नाम घोषणा गर्नुभएको थियो ।
उत्कृष्ट नारी सम्मान छनौट समितिमा सञ्चारकर्मी कुमार भट्टराई र वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवाल सदस्य रहेका थिए । उत्कृष्ट नारी सम्मान कार्यक्रमकी संयोजक वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष देवी भण्डारीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पवित्रा महतारा प्रसाईं , सम्मानित व्यक्तिको तर्फबाट बुहारी संगीता प्रसाईं र वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेलले झापा जिल्लामा असल र उत्कृष्ट काम गर्नेलाई प्रेरित गर्न तथा अरुलाई पनि त्यस्तै कार्यका लागि सकारात्मक प्रेरणा प्रदान गर्न वीरता लेडी जेसीजले उत्कृष्ट नारीको चयन गरी यसवर्ष देखि सम्मान गर्न शुरु गरेकोमा वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाले विभिन्न फरक – फरक विधामा सक्रिय महिलालाई उत्कृष्ट नारी घोषणा गरी प्रत्येक वर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा उत्कृष्ट नारी सम्मान गरिने जानकारी दिनुभयो ।
वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष कञ्चना ढकाल सिटौलाले आस्था वाचन कार्यक्रममा उत्कृष्ट नारी सम्मानको औचित्यमाथि पूर्व अध्यक्ष राधा सुब्बाले प्रकाश पार्नुभएको थियो ।
जेसीआई मिसन र भिजन तथा नेपाल जेसीज र वीरता लेडी जेसीजको यस बर्षको प्रकरण वाचन वीरता लेडी जेसीजकी सेलिसा उप्रेतीले वाचन गरेको कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाले गर्नुभएको थियो ।
कार्यक्रम सकिए लगत्तै स्कटिङसहित उत्कृष्ट नारी प्रसाईं , छोरा विवेककेशरी प्रसाईं र बुहारी संगीता प्रसाईंलाई बिर्तामोड नगर परिक्रमासहित विर्तामोड – ५ देवीवस्तीस्थित निवास पुर्याइएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2समाजसेवी तथा राजनीतिज्ञ प्रसाईंलाई उत्कृष्ट नारी सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img