HomeFeatured 2प्रतिष्ठानद्धारा दुई पत्रकारसहित उत्कृष्ट शिक्षक पुरस्कृत

प्रतिष्ठानद्धारा दुई पत्रकारसहित उत्कृष्ट शिक्षक पुरस्कृत

बुद्धशान्ति । झापाको बुद्धशान्ति–५ स्थित पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले शनिबार पत्रकारिता तथा शिक्षा पेशाका उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ ।
प्रतिष्ठानले पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीलाई भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार– २०७७ प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष हरिहर विरहीले गिरीलाई २५ हजार नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो । २३ वर्ष देखि पत्रकारितामा क्रियाशील गिरीले निष्पक्ष, निश्वार्थ,आचारशील, निष्ठावान व्यवसायिक पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको बताइएको छ ।
त्यस्तै भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार २०७६ पाँचथरका पत्रकार लक्ष्मी गौतमलाई प्रदान गरिएको छ । गौतम २१ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।
पुरस्कार छनौट समितिका संयोजक नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले छनौट समितिको तर्फबाट उक्त पुरस्कारको घोषणासहित पुरस्कृत व्यक्तित्वको परिचय गराउनु भएको थियो ।
कार्यक्रममा स्व. भुर्तेलका लेख, रचनाहरुको संग्रह ‘चरितचर्चा’को प्रमुख अतिथि विरहीले लोकार्पण गर्नुभयो ।
प्रतिष्ठानले ०७५ र ०७६ का लागि विषयगत उत्कृष्ट शिक्षक र विद्यालयलाई समेत पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेहरुमा अंग्रेजी विषयका शिक्षक जनता मावि बाहुनडाँगीका यादव ढकाल, भानु मावि बाहुनडाँगीकी मुनामाया राना मगर, विज्ञान विषयका शिक्षक गढीगाउँ मावि शान्तिनगरका नगेन्द्र ढकाल, मेची जनसाधारण मावि बाहुनडाँगीका चन्द्रशेखर गुरागाँई रहेका छन् । पुरस्कारको राशी जनही १० हजार रहेको छ ।
त्यस्तै उत्कृष्ट विद्यालयतर्फ धाइजनको सरस्वती बाल कल्याण मावि र धुलाबारीको धुलाबारी माविलाई नगद ५१÷५१ हजारसहित पुरस्कृत गरिएको छ । त्यसैगरी ०७५ र ०७६ सालको एसईई परीक्षामा उत्कृष्ट हुने १५ जना विद्यार्थीलाई समेत उक्त अवसरमा नगदसहित पुरस्कृत गरिएको थियो । त्यस्तै दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
कार्यक्रममा खतिवडा परिवारका ज्येष्ठ सदस्य डिल्लीराम र पद्मा खतिवडालाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा ‘चरितचर्चा’ पुस्तकको बारेमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले चर्चा गरेका थिए । प्रतिष्ठानका संरक्षक शारदाप्रसाद शर्माले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य तथा कञ्चनजंघा एफएमका कार्यक्रम निर्देशक दिपेन्द्र पौडेलले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि विरहीले पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानद्धारा शिक्षा तथा पत्रकारिता क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुको खोजी गरी पुरस्कृत गर्ने संस्कार अनुकरणीय र सत्कर्म गर्न सबैलाई प्रेरित गर्ने कार्य भएको बताउनु भयो ।
प्रतिष्ठानका सचिव अग्रज पत्रकार शिरोमणि खतिवडा शिरोसान्दाइ हाल अस्वस्थ रहेकाले समारोहमा उनको स्वास्थ्यलाभको कामना समेत गरिएको थियो । २०७० सालमा स्थापित प्रतिष्ठानले विभिन्न कार्य गदै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रतिष्ठानद्धारा दुई पत्रकारसहित उत्कृष्ट शिक्षक पुरस्कृत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img