विर्तामोड । १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर एनएमसी महिला शसक्तिकरण उपसमितिको आयोजनामा एक दिने पुर्नताजगी कार्यक्रम सम्पन्न भएको छ ।
हेमा सिटौलाको अध्यक्षता र बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष मिरा भुर्तेलको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भुर्तेल, नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी, नेपाल बार एसोसिएसन झापाका सचिव हेमकला कट्टेल, समुन्नत नेपालका अध्यक्ष कोपिला बस्नेत, एनएमसी सञ्चालक समितिका उपाध्यक्ष भगवती घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो ।
मुना कुईंकेलको सञ्चालन रहेको कार्यक्रममा स्वागत नरमाया कार्की र कार्यक्रमको औचित्यमाथि अध्यक्ष पौडेलले प्रकाश पार्नुभएको थियो ।
यो वर्ष राष्ट्रिय रुपमा महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवस मनाइरहँदा एनएमसीले भने असल संस्कार र समृद्धिको लागि भन्ने नारा तय गरेको बताइएको छ ।
महिला दिवसमा एनएमसीको पुनर्ताजगी

































































































