HomeFeatured 2जयेन्द्रप्रसाद प्रसाई साहित्य कोषद्वारा साहित्यकार र पत्रकार पुरस्कृत

जयेन्द्रप्रसाद प्रसाई साहित्य कोषद्वारा साहित्यकार र पत्रकार पुरस्कृत

झापा । विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच एक पत्रकारसहित तीनजनालाई पुरस्कृत गरिएको छ ।
जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा कोषकै सभाहलमा आयोजित एक कार्यक्रमका बीच २०७६ सालमा प्रकाशित कृतिमध्ये वर्षोत्कृष्ठ अस्वत्थामा कृतिका लेखक कुमार भट्टराई, विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवाबाट साहित्य तथा शिक्षा सेवी मोहन भण्डारी र धनमाया सक्रिय महिला वर्षोत्कृष्ट पत्रकारिताबाट अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका झापा सम्वाददाता राधा खनाललाई पुरस्कृत गरिएको थियो ।
पुरस्कृत तीनैजनालाई कार्यक्रमका प्रमुख आतिथि कोमलप्रसाद पोखरेल, संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाई, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, केशवराज खनाल लगायतले दोसल्ला, सम्मानपत्रसहित नगद राशीद्वारा पुरस्कृत तथा सम्मान गरिएको थियो ।
पुरस्कृत तीनवटै पुरस्कारको राशी जनही २१ हजार १११ रुपैयाँ रहेको बताइएको छ । सम्मानित स्रष्टाको व्यक्तित्वबारे कोषका उपाध्यक्ष विष्णुकुमार भट्टराई र रेजिना गौतमले प्रकाश पार्नुभएको थियो ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णुकुमार भट्टराईद्वारा लिखित चिन्तन, मनन र गन्थन, बाँच्ने खेलका हारजित र विनोद खनालद्वारा लिखित ‘तितो–मिठो हास्यब्यङ्ग्य कृति विमोचन गरिएको थियो ।
विष्णुकुमार भट्टराईद्वारा लिखित कृतिमाथि पुण्यप्रसाद खरेल र हरिप्रसाद भट्टराईले समिक्षा गर्नुभएको थियो भने विनोद खनालद्वारा लिखित पुस्तकबारे स्रष्टा आफैंले प्रकाश पार्नुभएको थियो ।
संस्थाका सचिव राजेन्द्र प्रसाईद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि पोखरेल, डा. पुन्यप्रसाद सिग्देल, प्राज्ञसभा सदस्य भट्टराई, प्रसाई ट्रष्टका पूर्व अध्यक्ष खगेन्द्र प्रसाई पुरस्कृत प्रतिभाहरु कृतिकार भट्टराई, मोहन भण्डारी, राधा खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा दधिराज खनाल र मिना अधिकारीले कविता वाचन गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जयेन्द्रप्रसाद प्रसाई साहित्य कोषद्वारा साहित्यकार र पत्रकार पुरस्कृत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img