विर्तामोड । नेपाल शिक्षक संघ विर्तामोडको तेश्रो नगर प्रतिनिधिसभा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यता तथा नेपाल शिक्षक संघका कार्यवाहक अध्यक्ष लता खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अवकास प्राप्त पूर्व प्रधानाध्यापकहरु मनबहादुर लिम्बू, विन्दु श्रेष्ठ, लेखनाथ भट्टराई सहित १८ जनालाई दीर्घ सेवा सम्मानद्वारा सम्मान तथा विभुषित गरिएको छ ।
त्यसैगरी उत्कृष्ट शिक्षकका रुपमा मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ ,महेन्द्र रत्न माविका शिक्षक रविनकुमार शर्मा, महेन्द्र ज्योती माविका तारा पोख्रेल, वीर अमर सिह माविका धन्नञ्जय भेटवाल, सरस्वती माविका मनकुमार कन्दङ्वा, महेन्द्र रत्न माविका बाल शिक्षक छत्रकुमारी कार्कीलाई सम्मान गरिएको थियो ।
संविधान सभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुधिर कुमार शिवाकोटीले शिक्षा जस्तो विषयलाई राज्यले गम्भीरता पूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले संघीय शिक्षा ऐन कार्यान्वयन गरी बाल शिक्षक कर्मचारी, राहत अनुदान, उच्च मावि शिक्षक,करारमा कार्यरत शिक्षकहरुको समस्या राज्यले हल गर्नुपर्ने धारण व्यक्त गर्नु भयो । नेपाली कांग्रेसले समय केही अघि अस्थायी शिक्षकहरुको समस्या समाधान गरेको स्मरण गर्दै शिवाकोटीले सरकार ध्यान मुलुकमा देखिएका समस्या समाधानमा भन्दा प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदममा केन्द्रित भएको आरोप लगाउनु भयो।
त्यसैगरी विर्तामोड नगरपालिका वडा नंं– ३ का वडाध्यक्ष भोजराज सिटौला, , ४ का कुलप्रसाद संग्रौला, वडा नं.–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा, वडा नं.–१० का वडाध्यक्ष दुर्योधन गुरुङ, नेपाली कांग्रेस विर्तामोडका सहअध्यक्ष भोलानाथ पौडेल शिक्षा जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रम नेपाल शिक्षक महासंघ विर्तामोडका अध्यक्ष युवराज कट्टेल, नेपाल शिक्षक महासंघ झापाका सचिव तोया दाहाल र नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल संघीय शिक्षा ऐन नलाएर वर्तमान सरकार शैक्षिक क्षेत्र प्रति गैरजिम्मेवार भएको गुनासो गरेका थिए ।



















