HomeFeatured 2बाह्रदशीमा क्याम्पस स्थापना गर्न नेविसंघको माग

बाह्रदशीमा क्याम्पस स्थापना गर्न नेविसंघको माग

फुलबारी । स्नातक तह अध्ययनका लागि क्याम्पस स्थापना गर्न नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति झापा र बाह्रदशी गाउँ इकाई समितिले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।
नेबिसंंघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीको नेतृत्वमा गाउँपालिका पुगेको टोलीले गाउँपालिकाका योजना अधिकृत तेजप्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।


जिल्ला अध्यक्ष उप्रेती र गाउँपालिका कार्यबाहक अध्यक्ष सञ्जय साहद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा स्नातक अध्ययनका लागि क्याम्पस स्थापना गर्न, क्याम्पस स्थापना नहुञ्जेल अन्यत्र अध्ययनका लागि जाने विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरी सहयोग उपलब्ध गराउन माग गरिएको छ ।
न्यून आर्थिक अवस्था समुदायको बाहुल्य रहेकोे बाह्रदशीका बिद्यार्थीहरु अन्यत्र अध्ययनका लागि जान बाध्य हुँदा बिद्यार्थी र अभिभावक दुबै मर्कामा परेको पनि गाउँपालिकालाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बाह्रदशीमा क्याम्पस स्थापना गर्न नेविसंघको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img