HomeFeatured 2त्रिदेव क्याम्पसमा क्युएए मान्यताका लागि सुझाव तथा सिफारिस समितिको अवलोकन

त्रिदेव क्याम्पसमा क्युएए मान्यताका लागि सुझाव तथा सिफारिस समितिको अवलोकन

झापा । झापाको चारआलीस्थित त्रिदेव क्याम्पस र गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) मान्यता प्राप्तीका लागि सुझाव तथा सिफारिस समितिको अन्तिम चरणको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
क्युएए मान्यताका लागि विश्व विद्यालय अनुदान आयोगबाट त्रिदेव क्याम्पसका लागि गठित समकक्षी अध्ययन टोलीले विगत चारदिनदेखि सरोकारवालासंग छलफल गर्नुका साथै अध्ययन अवलोकन र विभिन्न चरणमा अन्तरक्रिया सम्पन्न गरेको हो ।
आयोगबाट त्रिदेव क्याम्पसका लागि गठित समकक्षी अध्ययन टोलीका संयोजक प्राध्यापक प्रा . डा. केशरजंग बरालको संयोजकत्वमा विदेशी विषय विज्ञ प्रा.डा. हर्षिता एनीहरन, प्रा.डा. प्रदिपचन्द्र गौतम, प्रा.डा.रजनी मल्लको टोलीले विभिन्न चरणमा छलफल गरेको प्राध्यापक सावित्रा दाहाल भट्टराईले जानकारी दिनुभयो ।
त्रिदेव क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा विश्व विद्यालय अनुदान आयोगको समकक्षी टोलीका संयोजक प्रा.डा. बराल, विदेशी विषय विज्ञ प्रा.डा. हर्षिता एनीहरन, प्रा.डा. गौतम, प्रा.डा.मल्ल, ममता प्रजापति, क्याम्पस प्रमुख माधव प्याकुरेल लगायतले मन्तव्य राख्नु भएको थियो ।
फागुन ३ गतेदेखि शुरु भएको स्थलगत अवलोकन आज सम्पन्न भएको हो ।
विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले देशमा उच्च शिक्षाको गुणस्तर बढावा, सहजीकरण, समर्थन, र बृद्धि गर्न, शैक्षिक संस्थाहरुलाई पूरा गर्न सक्षम बनाउने कार्यमा लागि परेको छ । यूजीसी राष्ट्रको सर्वव्यापी विकासलाई सहजीकरण गर्न उच्च शिक्षामा गुणात्मक परिवर्तनको लागि जनआकांक्षालाई सम्बोधन गर्न गठन गरिएको थियो । समाजका पिछडिएका वर्गहरू (महिला, दलित र अन्य सीमान्तकृत सामाजिक समूहहरू) लाई उच्च शिक्षामा समावेश गर्नु अनिवार्य नयाँ अवधारणा हो ।
यस आयोगले सरकारलाई नयाँ विश्व विद्यालय स्थापन गर्न सल्लाह दिने, विश्व विद्यालयहरुलाई दिईने अनुदानको लागि नीति निर्माण गर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्न नीति वनाउने, उच्च शिक्षामा बढावा दिन, सहजीकरण गर्न, र उच्च शिक्षाको गुणस्तर बृद्धि गर्नलगायतका कार्य गर्दै आएको प्राध्यापक दाहालले जानकारी दिनुभयो ।
क्युएए प्राप्त नजिकका क्याम्पसहरु दमक बहुमुखी क्याम्पस तथा सुकुना बहुमुखी क्याम्पसको समेत अध्ययन गरी युजिसीको मापदण्डमा रहेर त्यसको प्रारम्भिक चरणको अध्ययन पूरा गरी आवश्यक कागजात र प्रमाण जुटाएर विश्व विद्यालय अनुदान आयोगको कार्यालय सानोठिमी भक्तपुरमा इच्छापत्र बुझइसकेको जनाइएको छ । क्याम्पसको सम्पूर्ण कागजातलाई गुणस्तर अभिबृद्धिका लागि अघि बढ्न सो भन्दा अघिल्लो चरणको प्रतिवेदन स्वअध्ययन प्रतिवेदन तयार गर्न अनुमति पत्र दिइसकेको क्याम्पसले जनाएको छ ।
सीमित साधन र स्रोतबाट सञ्चालन हुँदै आएको त्रिदेव क्याम्पस उच्च शिक्षाको मूल्य मान्यतालाई अवलम्वन गर्दै शैक्षिक गुणस्तर विकास गर्ने नयाँ मोडमा प्रवेश गरेको बताइएको छ । विश्व विद्यालय अनुदान आयोगले आव्हान गरेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको अन्तराष्ट्रिय मान्यता प्राप्त गर्ने प्रक्रियाको अन्तिम चरणमा बताइएको छ । उक्त क्युएएमा प्रवेश गर्न क्याम्पस ६ वर्षयता निरन्तर रुपमा लागि परेको स्रोतले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2त्रिदेव क्याम्पसमा क्युएए मान्यताका लागि सुझाव तथा सिफारिस समितिको अवलोकन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img