Homeसमाचारशिवसताक्षी रेडक्रसको २६ औं साधारणसभा सम्पन्न

शिवसताक्षी रेडक्रसको २६ औं साधारणसभा सम्पन्न

शिवसताक्षी । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाको २६ औं साधारणसभा विहीबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी १ नं. प्रदेशका कोषाध्यक्ष ओमप्रकाश गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिवसताक्षी नगरभित्रबाट सर्वाधिक ६५पटक रक्तदान गर्नुका साथै मरणोपरान्त आफ्नो शरीर समेत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दान गर्नुहुने सामाजिक अभियन्ता छबिलाल दबाडीसहित सतासीधाम जेसिज बर्ष २०२०, लायन्स क्लब अफ शिवसताक्षी, धरमपुर साकोस, साइनो साकोस, सौजन्य साकोस, वाणिज्य बैंक शिवगञ्ज, र भानु माध्यमिक विद्यालय लालझोडालाइ सम्मान गरिएको थियो ।
प्रमुख अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटी १ नम्बर प्रदेशका कोषाध्यक्ष ओमप्रकास गौतमले मानवभित्र रहेको सकरात्मक पक्ष नै रेडक्रस भएको स्पष्ट पार्नुभयो ।
लगनशीलता परिश्रम र विपद एवम् जोखिम बीच मानवीय सेवामा समर्पित हुन नै रेडक्रसकर्मी हुन सक्ने बताउँदै प्रमुख अतिथि गौतमले राज्य पुनर्संरचना पछि जोखिम व्यवस्थापनका सम्पूर्ण काम पालिकास्तरमा रहेको जानकारी गराउनु भयो । सभामा नेपाल रेडक्रस सोसाइटी १ नम्बर प्रदेशका उपकोषाध्यक्ष प्रकासचन्द्र खरेल, प्याब्सन प्रदेश नम्बर एकका उपाध्यक्ष मिलनकुमार ढुंगाना लगायतले मन्तव्य राख्नु भएको थियो ।
विपद व्यवस्थापन र रेडक्रसबारे बुझेका पालिका प्रमुखहरुबाट सहयोग राम्रो भएपनि कतै कतै राजनीतिक पूर्वाग्रहका कारण सहयोग हुन नसकेको बताउनु भयो।
संस्थाका सचिव गोबिन्द काफ्लेले सन्चालन गर्नुभएको कार्यक्रममा उपसभापति लोकबहादुर रोकाले स्वागत गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशिवसताक्षी रेडक्रसको २६ औं साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img