विर्तामोड १ फागुन । वीरता लेडी जेसीजको आयोजनामा विर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा २८ जना महिलासहित ७५ जनाले रक्तदान गरेको वीरता लेडी जेसीजका अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिनुभयो ।
यसअघि वीरता लेडी जेसीजका अध्यक्ष स्वष्तिका आचार्यको अध्यक्षता तथा लोकराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढकालले मानव जीवनमा रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा विर्तामोड इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष आचार्य, एविसी नेपालका झापा अध्यक्ष कञ्चना ढकाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, भद्रपुर जेसीजका पूर्व रमेश पोखरेल विर्तामोडस्थित विएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
महासचिव हिमा पौडेलले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक लक्ष्मी ओलीले आस्था वाचन र युनिता दवाडीले सञ्चालन गर्नुभएको थियो ।



















