Homeसमाचारसमाचारपरीक्षाको घडीमा सर्वोच्च–सिटौला

परीक्षाको घडीमा सर्वोच्च–सिटौला

मति सुधार्न ओलीलाई सुझाव
विर्तामोड ३ फागुन । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालत परिक्षाको घडीमा रहेको बताउनुभएको छ ।
संसद विघटन विरुद्ध नेपाली कांग्रेसले आज गरेको देशब्यापी विरोध कार्यक्रम अन्तरगत झापाको चन्द्रगढीमा आयोजित बृहद सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै संविधान मस्यौदा समितिका संयोजक समेत रहनुभएका सिटौलाले अहिले सबैको ध्यान सर्वोच्च अदालततिर गएको र संविधानको संरक्षण गर्ने जिम्मेवारी पनि न्यायधीसहरुमा रहेको बताउनुभएको हो ।


राजनीतिक अस्थिरता सिर्जना गर्नेगरी प्रधानमन्त्री के.पी. शर्मा ओलीले असंवैधानिक तवरबाट गरेको संविधान विघटनलाई सर्वोच्चले सदर नगर्ने विश्वास दोहो¥याउनुभएका सिटौलाले भन्नुभयो–‘संविधान निर्माणताका पनि थुप्रै चुनौति थिए, फरक विचार र फरक आस्थाका ब्यक्तिहरुबीच सहमति गराएर संविधान ल्याउने काम कांग्रेसकै नेतृत्वमा भएको हो । अब त्यसको संरक्षण न्यायधिसको हातमा छ ।’
‘घरको झगडा मिलाउन नसक्दा छिमेकीलाई कुट्न मिल्दैन, मठ, मन्दिर, विद्यालय, पार्टी पौवा र सार्वजनिक महत्वमा बस्तुहरुमा आगो लगाउन मिल्दैन’–आफ्नो भाषणका क्रममा पटक–पटक सिटौलाले दोहो¥याउनुभयो–‘आफ्नो मति सुधार्नुस्, बानी सृधार्नुस् ।’
के.पी. ओली नेतृत्वको सरकार आएपछि उनका आसेपासे र गुटका पछौटेबाहेक अरु जनताले केही नपाएको चर्चा गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका सिटौलाले प्रश्न गर्नुभयो–‘तपाईको कार्यकालमा जनताले के पाए ?’ कम्युनिष्ट नेताहरु जतिसुकै गल्ति गरेपनि आत्मालोचना गरेपछि चोखिने इतिहास रहेको भन्दै सिटौलाले आत्मालोचना गरेर संसद पुनस्र्थापना र न्यायालयलाई धम्की नदिन समेत सुझाव दिनुभयो ।
२०६३ बैशाख ६ गते शहीद राजन गिरी र सुरज विश्वासले शहादत प्राप्त गरेको गणतान्त्रिक भूमिबाट सम्बोधन गर्नुभएका सिटौलाले ओलीतर्फ लक्षित गर्दै भन्नुभयो–‘तपाइको ब्यक्तिगत स्वार्थ पूरा गर्न गणतन्त्र ल्याइएको होइन, परिवर्तन ल्याइएको होइन।’ जनताको जीवनस्तरमा परिवर्तन हुनेगरी वर्तमान सरकारले कुनै नीति ल्याउन नसकेको टिप्प्णी गर्दै नेता सिटौलाले कांग्रेस आफ्नो स्वार्थ र आत्मउन्नति त्यागेर जनताको स्वार्थ र राष्ट्रिय हितमा कार्य गर्ने पार्टी भएको समेत स्पष्ट पार्नुभयो ।


ीनजामति कर्मचारी, प्रहरी प्रशासन, न्यायालयलाई धम्की र प्रभावका भरमा कार्य नगराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सिटौलाले निश्पक्ष र निडर भएर जनताको सेवामा समर्पित हुन ब्युरोक्रेसीलाई आह्वान गर्नुभयो ।
प्रधानमन्त्रीको सिफारिसका भरमा संसद विघटन गर्दा राजनीतिक अस्थिरता निम्तिएको इतिहासकै कारण संविधानमा संसद विघटनको अधिकार प्रधानमन्त्रीमा नराखिएको चर्चा गर्दै नेता सिटौलाले धम्की, गाली र गलौज गरेर न्यायालय र न्यायाधिसको तेजोबध नगर्न समेत प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
अर्को एक फरक प्रसङ्गमा जिल्ला समन्वय समिति मातहत रहने सरकारी भवन गिरिजाप्रसाद कोइराला स्मृति भवन निर्माण पूरा गर्न सरकारले बजेट नछुट्याएको अवस्थाले ओलीको विकासे भाषणलाई गिज्याएको चर्चा गर्दै नेता सिटौलाले देशभरको विकास निर्माण सोही प्रकृतिको रहेको टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न बृहद जनसभामा आमन्त्रीत केन्द्रीय सदस्यहरु सुधिरकुमार शिवाकोटी, भारतेन्दुकुमार मल्लिक, दिलिप राई लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले के.पी. ओलीको गलत निर्णय सच्याउन सर्वोच्च अदालतलाई आग्रह गर्दै ओलीलाई आत्मालोचना गर्न, गुटगत राजनीतिक घेराबाट बाहिर निस्कन सुझाव दिदै देश र जनताको सर्वोपरी हितमा कार्य गर्न सुझाव दिएका थिए ।
नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव प्रेम सम्बाहाम्फेले गर्नुभएको थियो । यसअघि झापाका पाँचवटै क्षेत्रीय समितिको नेतृत्वमा असंवैधानिक कदम फिर्ता ले, संवैधानिक सर्वोच्चता कायम गर, विधिको शासन पालना गर, नेपाली कांग्रेस जिन्दाबाद, वीर शहीद अम्मर रहुन लगायतका नारासहित कांग्रेस कार्यकर्ताहरु कार्यक्रम स्थलमा पुगेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारपरीक्षाको घडीमा सर्वोच्च–सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img