Homeसमाचार‘म भित्रको महाभारत’ को समिक्षा

‘म भित्रको महाभारत’ को समिक्षा

विर्तामोड १ फागुन । डा. खगेन्द्रप्रसाद दाहालद्वारा लिखित पहिलो कृति ‘म भित्रको महाभारत’ छन्द कविता संग्रहको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच समिक्षा सम्पन्न भएको छ ।
विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रम डा. दाहालद्वारा लिखित कविता संग्रहमाथि जीवनाथ सुवेदी र कमल गुरागाँईले समिक्षा गर्नुभएको थियो ।


साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा प्रतिभा निकुञ्जका अध्यक्ष होम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, साहित्यकारसरोज ओली, प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला, लेखनाथ पुरस्तकालय चन्द्रगढीका अध्यक्ष नवराज घिमिरे, साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
हरिप्रसाद न्यौपानेको सञ्चालन तथा इन्द्रनारायण सुवेदीले स्वागत गरेको कार्यक्रममा भगवती कोइराला दाहाल, मिना अधिकारी, डिल्लीराम परदेशी लगायतले लेखक दाहालद्वारा लिखित कविता वाचन गर्नुभएको थियो ।
शार्दुल विक्रीडित, शिखरिणी, तोटक, भुजङ्गप्रयात, मन्दाक्रान्ता, मालिनी, स्रग्धरा लगायत प्रचलित तथा नयाँ छन्दसहित ५० वटा छन्दको प्रयोग गरी एकसय सातवटा कविता समेटिएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘म भित्रको महाभारत’ को समिक्षा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img