Homeसमाचार‘प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हरण हुने खतरा

‘प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हरण हुने खतरा

चपेटी ३० माघ । झापा र इलामको सीमाना चपेटीमा आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले प्रधानमन्त्रीको असंवैधानिक कदमले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हरण हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समितिको आयोजनामा चपेटीमा आयोजित पत्रकार भेटघाट तथा बनभोज कार्यक्रमका सहभागी बक्ताहरुले निर्वाचित सर्वोच्च संस्था संसद विगठन र प्रधानमन्त्रीको एकपछि अर्को अलोकतान्त्रिक कदमले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, मानव अधिकारको हरण हुने जोखिम औंल्याएका हुन् । प्रधानमन्त्री के।पी। शर्मा ओलीले गत पुस ५ गते संवैधानिक ब्यवस्था विपरित मन्त्रीपरिषदको निर्णयबाट संसद विघटन गर्नुभएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रेस युनियन केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्रीले पत्रकार जहिले पनि प्रतिपक्षी पार्टीको भूमिकामा रहेको उल्लेख गर्दै सरकारले ल्याएका गलत नीति र कामको पर्दाफास गर्दै सरकारका गतिविधिको निगरानी गरेर जनतासमक्ष सही सूचना पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले संविधान विपरित संसद विघटन भएपछि प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामाथि कालो बादल मडारिन थालेको बताउनुभयो ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईले साउथब्लकको डिजाइनमा राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षडयन्त्र भइरहेको बताउँदै यस षडयन्त्रमा सरकारको नेतृत्व गरेकैहरु प्रयोग भइरहेको टिप्पणी गर्नुभयो ।


कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, प्रेस संगठन नेपालका अध्यक्ष मुक्ति पौडेल, अर्का अध्यक्ष टिकाराम उप्रेती, आदिबासी/जनजाति पत्रकार संघ फोनिजका प्रदेश १ इन्चार्ज दिपिन राई, लगायतले बोल्नुभएको थियो ।


नेपाल प्रेस युनियन माइ पश्चिम क्षेत्रीय समितिका अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नगेन्द्रमणि न्यौपाने र सञ्चालन गिरिराज भटराईले गर्नुभएको थियो । कार्यक्रममा गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाह, नेपाली कांग्रेस झापाका सदस्य विक्रम अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य रेजिना गौतम, उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गंोकुल श्रेष्ठ, पूर्व अध्यक्ष प्रकाश प्रसाई लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हरण हुने खतरा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img