HomeFeatured 2राज्य विरुद्धको कसुर अभियोगमा पक्राऊ परेकी झाँक्री विना शर्त रिहा

राज्य विरुद्धको कसुर अभियोगमा पक्राऊ परेकी झाँक्री विना शर्त रिहा

काठमाडौं २९ माघ । राज्य विरुद्धको कसुर अभियोगमा पक्राऊ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले विना शर्त साढे पाँचघण्टा पछि रिहा हुनुभएको छ । झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिनुभयो । रिहाई भएपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताउनु भयो । गत पुस ५ गते गरेको संसद विघटन पनि विभिन्न ठाउँमा आयोजित कार्यक्रममा बोल्ने क्रममा आफ्ना अभिव्यक्तिलाई लिएर राजनीतिक प्रतिशोधका कारण आफूलाई नियन्त्रणमा लिने प्रयास गरेको बताउँदै रिहाइपछि नेतृ रामकुमारी झाँक्रीले लोकतन्त्रका पक्षधरसामु सरकार झुकेको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो–मेरो विरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन, राजनीतिक प्रतिशोधका कारण मलाई नियन्त्रणमा लिने प्रयास गरेको रहेछ । पछिल्लो प्रतिगमनविरुद्धको आन्दोलमा मैले जसरी देशव्यापी उपस्थित हुँदा प्रस्तुत भएँ यसलाई ह्यार्‍यास्म्यान्ट गर्ने उद्देश्यले यो कदम चालिकएको जस्तो लाग्यो ,,’यहाँ अरु केही भएन, दिनभरी सबैले दिनुभएको सहयोग र बढाउनुभएको दबाबका अगाडि प्रतिगमन झुकेको छ, हामीले जितेका छौँ, म यहाँबाट विनाशर्त निस्केको छु ।’
राष्ट्रपतिलाई दिएको अभिव्यक्तिबारे उहाँले भन्नुभयो यो व्यक्तिभन्दा पनि प्रवृत्तिको लडाइँ हो ।’ प्रहरीले झाँक्रीलाई शंखमूलस्थित उहाँकै निवासबाट बिहीबार दिउँसो नियन्त्रणमा लिएको थियो । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोधसँगै र सरकारको आलोचना भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राज्य विरुद्धको कसुर अभियोगमा पक्राऊ परेकी झाँक्री विना शर्त रिहा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img