Homeखेलझापा गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता फागुन ११ देखि

झापा गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता फागुन ११ देखि

केशब चापागाईं
मदरगाछ २९ माघ।
आउँदो फागुन ११ गते देखि झापा गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताबारे बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
झापा गाउँपालिका–७ स्थित दिपज्योती युवा क्लब को आयोजनामा स्थानीय जनकल्याण माविको खेल मैदानमा हुने प्रतियोगिता फागुन ११ देखि १८ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष डिल्लीराम चुडालले जानकारी दिनुभयो। झापा गाउँपालिकाको समेत तीनलाख ५० हजार आर्थिक सहयोग सहित सञ्चालन हुने प्रतियोगितामा १ नं प्रदेशका ७ टिमले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएका छन् ।


प्रतियोगितामा विजेता टिमलाई एकलाख एकहजार एकसय ११ र उपबिजेतालाई ५१ हजार एकसय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिनुभयो। प्रतियोगितामा बेस्ट अफ डिफेन्स, बेस्ट किपर, बेस्ट प्लेयर, उदीयमान खेलाडी र हाई स्कोररलाई पनि नगदसहित मेडल प्रदान गरिने भएको छ ।
प्रतियोगितामा आयोजक टिम, श्रीनाथ गण चारआली, जलथल एफसी, दमक एकेडेमी, रेडस्टार विर्तामोड, सशस्त्र प्रहरी बल सुनसरी, झापा एफ सि राजगढ र ब्रदर्स युनाइटेड चन्द्रगढी गरे जम्मा ८ टिमको सहभागिता रहेको क्लबका सचिव बासुदेब दाहालले जानकारी दिनु भएको छ।
झापा गाउँपालिका–७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले आयोजना सम्पन्न गर्न आफू हरदम तयार रहने प्रतिबद्धता जनाउनु भएको छ।उहाँले दिपज्योती क्लबको अगुवाइमा आयोजना हुन लागेको फुटबल प्रतियोगिता सफलता पूर्वक सम्पन्न हुनेमा आफू विश्वास व्यक्त गर्नुभयो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलझापा गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता फागुन ११ देखि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img