Homeसमाचारनवयुवा क्लव अध्यक्षमा मैनाली

नवयुवा क्लव अध्यक्षमा मैनाली

अर्जुनधारा २४ माघ । नवयुवा क्लव अर्जुनधाराको अध्यक्षमा देवेन्द्र मैनाली सर्वसम्मत चयन हुनुभएको छ । अर्जुनधारा नगरपालिका वडा नं ४ र ७ संयुक्त एकता चौक, मिलडाँडामा शनिबार सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले मैनालीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
२ बर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्ष देविका न्यौपाने, सचिवमा दिनेश भुजेल, सहसचिवमा केशव भटराई र कोषाध्यक्षमा राजेन्द्र शाह चयन हुनुभएको हो । समितिका सदस्यहरुमा सम्झना भण्डारी, दिपा खड्का, सुरेश अधिकारी र रोशन भण्डारी चयन भएको निर्वाचन समितिका संयोजक भोला परियारले जानकारी दिनुभयो ।
अधिवेशनले लेखा समिति संयोजकमा मानबहादुर बुढाथोकी र सदस्यहरुमा कोपिला भण्डारी र मदन भटराईलाई चयन गरेको छ । त्यस्तै सल्लाहकार समिति संयोजकमा हिरामान शाह, सदस्यहरुमा पदमलाल दाहाल, केदार पराजुली, तुलसी श्रेष्ठ, उमा थापा, दुर्गा न्यौपाने र भोला परियार चयन भएका छन् ।
साधारणसभामा क्लवका अध्यक्ष हिरामान शाहले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष देवेन्द्र मैनालीले आर्थिक बर्ष २०६६÷०७७ को आय–ब्यव प्रस्तुत गर्नुभएको थियो । हिरामान शाहको सभापतित्वमा सम्पन्न साधारणसभाका प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिका–७ का परिषद सदस्य देवकुमार राईले क्लवको भौतिक संरचना निर्माणका लागि क्लवले योजना तयार पारे वडा परिषदबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि केदार पराजुली, दुर्गाशक्ति समाज कल्याण संघ (जेष्ठ नागरिक मिलन केन्द्र) का अध्यक्ष अमर बहादुर कटुवाल, विन्ध्यवासिनी सिंहदेवी मन्दिरका सचिव प्रेम कार्की, क्लवका सल्लाहकार सदस्य तुलसी श्रेष्ठ, समाजसेवी दुर्गा न्यौपाने, पत्रकार इन्द्रकुमार राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
दिनेश भुजेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत कोपिला भण्डारीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनवयुवा क्लव अध्यक्षमा मैनाली
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img