चारआली २४ माघ । चारबर्षअघि झापा मेचीनगर–१३ चारआलीमा स्थापित सनलाइट इन्भेष्टमेन्ट प्रालिले सवै साइज र कलरका सिसा उपलब्ध गराउने योजना अघि सारेको छ । प्रा.लि.को चौथो साधारणसभामा यस्तो योजना अघि सारिएको हो । प्रदेश १ लाई लक्षित गरी सञ्चालनमा ल्याइएको प्रालिले भारत, चिन र वंगलादेशबाट सिसा आयात गरी सरल मूल्यमा उपभोक्तालाई विक्री–वितरण गर्ने लक्ष अघि सारेको हो । प्रालिले चारआलीमा शनिवार चौथो साधारणसभा तथा कारोवारको शुभराम्भ गरेको हो । कारोबारको विधिवत शुरुवात मेचीनगर नगरपालिका वडा नं– १३ का अध्यक्ष कृष्णराज सिग्देल तथा प्रालिका अध्यक्ष भट्टराईले संयुक्त रुपमा गर्नुभएको थियो ।
ुसंस्थाले आगामी माघ मसान्तसम्ममा अधिकृत शेयर पुँजी १० करोड पु¥याउने जनाएको छ । सस्थामा हाल रहेको ७ करोड शेयरपुँजी बढाएर १० करोड पुर्याउने लक्ष्य राखिएको प्रालिका अध्यक्ष पदमलाल भट्टराईले बताउनुभयो ।
प्रालिका अध्यक्ष भट्टराईले साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदनमा २०७७ पुस मसान्तसम्म संकलित शेयरपुँजी ५ करोड ५३ लाख ५० हजार रहेको छ भने जग्गा खरिदमा १ करोड ५९ लाख, भवन निर्माणमा २ करोड २८ लाख २१ हजार २ सय १७ रुपैयाँ एकपैसा र विविध खर्च ४ लाख ८८ हजार ७ सय ८९ रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
मेचीनगर–१३ चारआलीमा १६ कठ्ठा जग्गा खरिद गरी सञ्चालनमा आएको प्रालिमा ६० जना शेयर सदस्य रहेको र ११ जनालाई प्रत्यक्ष रोजगारी दिएको सञ्चालक सदस्य धमेन्द्र भट्टराई (मामा) ले जानकारी दिनुभयो ।
प्रालिका कार्यालय सचिव तुलसीनाथ पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य धमेन्द्र भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा शेयर सदस्य दुर्गा भट्टराई, भिमा शिवाकोटी, मेचीनगर १३ का अध्यक्ष कृष्णराज सिग्देललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रालिका सचिव भरतकुमार भट्टराई, सञ्चालक सदस्य गोपाल भट्टराई, रामप्रसाद रोक्का, लेखनाथ पौडेल, उपेन्द्रप्रसाद ओली, जर्नादन उप्रेती, लेखा समिति संयोजक युवराज निरौला, लेखा सदस्य चन्द्रप्रसाद भट्टराई, नवराज दाहाल, शेयर सदस्य लक्ष्मण खतिवडा, तिर्थ सिग्देललगायतको उपस्थिति रहेको थियो ।
सनलाईटको सीसा कारोबार शुभारम्भ

































































































