Homeसमाचारशहीद दिवसमा वीरता जेसीजद्वारा शहीद परिवारलाई सम्मान

शहीद दिवसमा वीरता जेसीजद्वारा शहीद परिवारलाई सम्मान

झापा १६ माघ। वीरता जेसीजले शहीद परिवारलाई सम्मान गर्दै यस वर्षको शहीद दिवस मनाएको छ । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदका परिवारलाई सम्मान गर्दै वीरता जेसीजले शहीद सम्मान गरेको हो ।
वीरता जेसीजले २०६२/०६३ को जनआन्दोलनमा झापाको चन्द्रगढीमा सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गरेका शहीद सुरज विश्वासकी आमा मिना विश्वासलाई सम्मान गरेर यस वर्षको शहीद दिवस मनाएको हो ।
वीरता जेसीजका अध्यक्ष राजीव धिमाल र पूर्व अध्यक्ष एकराज गिरी लगायतले भद्रपुर नगरपालिका –६ स्थित शहीद सुरज विश्वासको घरमै पुगेर शहीद सुरज विश्वासकी माता मिना विश्वासलाई ११ हजार १५ रुपैयाँ र सम्मान पत्र प्रदान गरेका थिए ।
त्यस्तै वीरता जेसिजका पदाधिकारीले भद्रपुरमै रहेको शहीद सुरज विश्वासको अर्धकदको शालिकमा माल्यार्पण समेत गरेका थिए । प्रत्येक वर्ष माघ १६ गते हुने शहीद दिवसको औपचारिक कार्यक्रममा मात्र शहीदलाई सम्झिएर शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता व्यक्त गरेपनि त्यो औपचारिकतामा सिमित भएकाले आफूहरुले वास्तविक शहीदको पहिचान गरी शहीदपरिवारलाई सम्मान गरेर शहीद दिवस मनाएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए ।
कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष गिरी, सह सचिव केशव भट्टराईलगायतले शहीद दिवसको अवसरमा हुने औपचारिक कार्यक्रम भन्दा शहीद परिवारलाई सम्मान गरेर शहीद दिवस मनाएकोमा वीरता जेसीजको प्रशंसा गरेका थिए ।
कार्यक्रममा वीरता जेसीजका कार्यकारीणी उपाध्यक्ष विकास वस्नेत , उपाध्यक्ष कृष्ण अग्रवाल, अमरजीत शाह, कोषाध्यक्ष दिवाकर प्रसाईं, जनसम्पर्क अधिकारी अनन्तलाल महतो, संयुक्त सचिव टिकाराम खतिवडा, कानुनी सल्लाहकार प्रविण खड्का, स्वास्थ्य संयोजक जीवन खड्का, खेल संयोजक दिपेन धिमाल, अवार्ड संयोजक सञ्जय राजवंशी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी) ले गरेको सञ्चार संयोजक तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशहीद दिवसमा वीरता जेसीजद्वारा शहीद परिवारलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img