Homeसमाचारमहिला उद्यमी संघको खाना महोत्सवको तयारी पूरा

महिला उद्यमी संघको खाना महोत्सवको तयारी पूरा

झापा १५ माघ । महिला उद्यमी संघ नेपाल झापाले शनिवार (माघ–१७ गते) आयोजना गर्न लागेको खाना महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
स्थानीय मौलिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्दै व्यवसायिकरण गर्ने उद्देश्यले दोस्रो पटक आयोजना गर्न लागेको खाना महोत्सवको तयारी पूरा भएको महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष नैनकला भट्टराईले जानकारी दिनुभयो ।
स्थानीय तथा परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले यही माघ १७ गते झापाको विर्तामोडमा एकदिने खाना महोत्सव गर्न लागिएको संघका झापा अध्यक्ष नैनकला भट्टराईले बताउनु भयो ।
महोत्सवमा कोदोको ढिंडो, गुन्द्रुकको अचार, सिस्नोको सुप, सेल रोटी, तरकारी, फापरको रोटी लगायतका परम्परागत खाद्य परिकार प्रस्तुत गरिने महोत्सव विर्तामोडस्थित वानस्टप मह परिषरमा हुने बताइएको छ ।
विर्तामोडस्थित वानस्पट मलमा सञ्चालन गरिने महोत्सवको तयारी पूरा भएको महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष नैनकला भट्टराईले जानकारी दिनुभयो ।
पछिल्लो समय परम्परागत मौलिक खानाप्रति मानिसको आकर्षण पनि बढ्न थालेका कारण महोत्सव उपलब्धीमुलक हुने अध्यक्ष भट्टराईको अपेक्षा छ । सामुहिक उद्यमशीलताको अभ्यास गर्दै आएको महिला उद्यमी संघ झापाले गत वर्षदेखि स्थानीय परम्परागत खाना, अग्र्यानिक फुलखेति जस्ता काममा जोड दिंदै आएको संघका निर्वतमान अध्यक्ष तथा प्रदेश संयोजक गोमा भट्टराईले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहिला उद्यमी संघको खाना महोत्सवको तयारी पूरा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img