Homeखेल‘डोमालाल रंगशाला निर्माणको मार्ग प्रशस्त’

‘डोमालाल रंगशाला निर्माणको मार्ग प्रशस्त’

झापा १५ माघ । मोहीका नाममा किर्ते कागज खडा गरी व्यक्तिको स्वामित्वमा गएको झापाको विर्तामोडस्थित–३ को जमिन दुर्गा गुठीको नाममा फिर्ता भएसंगै डोमालाल रंगशाला निर्माणको निश्चित भएको सरोकारवालाले बताएका छन् ।
वर्षौदेखि राष्ट्रियस्तरका फुटबल प्रतियोगिता हुँदै आएपनि जग्गा विवादका कारण स्थायी रुपमा रंगशाला निर्माण गर्ने कार्य हुन सकेको थिएन ।
दुर्गा गुठीको करोडौँ मूल्यको दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता भएसंगै फुटबलसंग सम्बन्धित विभिन्न संघ–संस्था तथा खेलाडीसहितको उपस्थितिमा रंगशाला निर्माणको मार्ग प्रशस्त भएको बताएका हुन् ।
किर्ते मोहीबाट गुठीको नाममा जग्गा फिर्ता आएसंगै रंगशाला बनाउने मार्ग प्रशस्त भएको झापा–११ का अध्यक्ष जलकुमार गुरुङले बताउनु भयो । अध्यक्ष गुरुङले भन्नुभयो–‘रंगशाला निर्माणका लागि पनि मार्ग प्रशस्त भएको छ । अब आधुनिक रंगशाला बनाउनु पर्छ ।


त्यस्तै झापा ११ का महासचिव गणेश पोखरेलले दुर्गा गुठीका नाममा फिर्ता भएको जग्गामा रातारात अस्पताल बनाउने भन्ने हल्ला आउन थालेको बताउँदै उक्त जमिनमा रंगशाला भन्दा अरु केही पनि बन्न नहुने दावी गर्दै अन्य भौतिक संरचनाको प्रपञ्च नरच्न चुनौति समेत दिनुभयो ।
झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले स्वार्थरहित इमान्दारिताको काममा भगवानले पनि साथ दिने बताउँदै डोमालाल रंगशालाको जमिन दुर्गा गुठीमा फर्केर आउनु त्यसैको उदाहरण भएको बताउनु भयो ।
विर्तामोड नगरपालिका–३ मा अनारमनी दुर्गा मन्दिरको नाममा राजगुठीमा दर्ता रहेको १३ बिघामध्ये तीन बिघा तीन कठ्ठा १८ धुर जग्गा २०५४ मंसीर ११ गते टीकादेवी विमली, सूर्यकुमार विमली र रमेश महर्जनको नाममा कीर्ते मोही हक कायम भएको थियो । राजगुठीमा दर्ता रहेको सो जग्गामा मोही कायम गरिएका तीनै जना व्यक्ति वास्तविक मोही नभएको झापा ११ का महासचिव पोखरेलले बताउनु भयो ।
लामो समयको विवाद र मुद्दा मामिला भएपश्चात स्व. टीकादेवी विमलीको छोरा केशवप्रसाद विमलीले गत सोमबार झापाको भूमिसुधार तथा मालपोत कार्यालयमा उपस्थित भई गुठीको जग्गा फिर्ता गरिदिनु भएको थियो ।
नेपाल सरकारको सहसचिवसमेत रहेका विमलीले ‘हक छाड सनाखत’ प्रावधान अन्तर्गत सो जग्गा गुठीलाई नै फिर्ता गरिदिनुभएको मालपोत कार्यालय भद्रपुरका प्रमुख योगन्द्र दुलालले बताउनुभयो । उहाँका अनुसार मालपोत कार्यालयले ‘हक छाड सनाखत’को जानकारी गुठी संस्थानमा पठाइदिने र जग्गाको स्वामित्व पूर्णरूपमा गुठीको नाममा फिर्ता हुनेछ ।
फिर्ता भएको जग्गा विर्तामोड नगरपालिका–३ को कित्ता नं १२० को एक बिघा दुई कठ्ठा १० धुर, कित्ता नं ८२२ को छ कठ्ठा, कित्ता नं ८२५ को १३ कठ्ठा र कित्ता नं ८१५ को सात कठ्ठा आठ धुर रहेको छ ।
मोही हक कायममा अदालती निर्णय भएका सूर्यकुमार विमली र रमेश महर्जनका नाममा रहेको ८÷८ कठ्ठा जमिन भने फिर्ता हुन बाँकी रहेको बताइएको छ । जग्गा फिर्ताका लागि अख्तियारमा परेको उजुरी पछि हाल सूर्यकुमार र रमेशलाई अन्तियारले खोजी गरिरहेको स्रोतले जनाएको छ ।
अनारमनी दुर्गा मन्दिरको गुठीको जग्गा फिर्ता गराउन स्थानीयवासीले संघर्ष समिति गठन गरेर अदालतमा मुद्दा समेत हालेका थिए । सर्वोच्च अदालतले २०६६ फागुन ९ गते कीर्ते मोहीकै नाममा मोही हक कायम गरिदिएको थियो ।
स्व. डोमालाल राजवंशीले दुर्गा मन्दिरलाई १३ बिघा जग्गा दान दिएपछि त्यही जग्गा गुठीको स्वामित्वमा वर्षौँदेखि रहँदै आएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेल‘डोमालाल रंगशाला निर्माणको मार्ग प्रशस्त’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img