Homeसमाचारस्मार्ट लेडीद्वारा अपाङ्ग सरोकार केन्द्रमा खाद्यान्न र सिरक

स्मार्ट लेडीद्वारा अपाङ्ग सरोकार केन्द्रमा खाद्यान्न र सिरक

विर्तामोड १५ माघ । अर्जुनधारा नगरपालिका–६ कप्तानबारी स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा आश्रित बालबालिकाका लागि खाद्यान्न तथा न्यानो कपडा प्रदान गरिएको छ ।
लायन्स क्लब आफ स्मार्ट लेडी विर्तामोडका अध्यक्ष लीला मैनालीको अध्यक्षता तथा विर्तामोड नगर उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टरईको प्रमुख आतिथ्यतामा सम्पन्न खाद्यान्न तथा न्यानो कपडा वितरण कार्यक्रममा १० थान सिरक र खाद्य सामग्री प्रदानगरिएको थियो ।
क्लबकातर्फबाट लगिएको सिरक र खाद्यान्न सरोकार केन्द्रका अध्यक्ष कृष्ण दुलाललाई हस्तान्तरण गरिएको बताइएको छ ।
कार्यक्रममा अतिथिहरु घनश्याम चौधरी, प्रकाश शिवाकोटी, राजकुमार साह, पुकार बराल, ओमप्रकाश विमली लगायतको उपस्थिति रहेको थियो ।
न्यानो कपडा (सिरक) र खाद्यान्नका लागि गिता घिमिरे र जीवन घिमिरेले सहयोग गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्मार्ट लेडीद्वारा अपाङ्ग सरोकार केन्द्रमा खाद्यान्न र सिरक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img