Homeसमाचारसमाचारबीरता जेसीजमा १५ संयोजक चयन

बीरता जेसीजमा १५ संयोजक चयन

विर्तामोड १२ माघ । वीरता जेसीजको सन् २०२१ को नयाँ नेतृत्वले झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको छ ।
वीरता जेसीजले बिर्तामोड –१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको हो ।
वीरता जेसीजका सन् २०२१ का अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर प्रशान्त भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक जीवन खड्काले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले सचिवालय रहेको शिव पाञ्चायन मन्दिरको छतमा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा झण्डोत्तलन गरेका थिए । उनले जेसीज सदस्य संस्थाप्रति जिम्मेवार वन्न आग्रह गर्दै रचनात्मक कार्यमा अघि वढ्न सुझाव दिए ।
कार्यक्रममा वीरता जेसीजका सन् २०२१ का अध्यक्ष राजीव धिमालले झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको बताउँदै वीरता जेसीजलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता जनाएका थिए ।
सोही कार्यक्रममा वीरता जेसीजका सन् २०२० का अध्यक्ष मिजास पोखरेलले सन् २०२१ का अध्यक्ष राजिव धिमाललाई माइन्युट र साँचो हस्तान्तरण गर्दै वुझवुजारत गरेका थिए ।
कार्यक्रमको सञ्चालन वीरता जेसीजका सन् २०२० का महासचिव विकास वस्नेत र सन् २०२१ का महासचिव लोकचन्द्र श्रेष्ठ ९एलसी० ले गरेका थिए ।
यसैबीच वीरता जेसीजका अध्यक्ष राजीव धिमालले वीरता जेसीजको सन् २०२१ का लागि १५ जना संयोजक चयन गरेका छन् ।
वीरता जेसीजको आयोजनामा भएको झण्डोत्तलन कार्यक्रममा वीरता जेसीजका अध्यक्ष राजीव धिमालले सन् २०२१ का लागि १५ जना संयोजक चयन गरेका हुन् ।
वीरता जेसीजको खेल संयोजकमा दिपेन धिमाल, संस्कृति संयोजकमा मेघराज लिम्वू९गोपाल०, रक्तदान संयोजकमा प्रकाश सुवेदी, सञ्चार संयोजकमा तुलसीप्रसाद निरौला, शाखा सम्पादकमा कमल पाण्डे विनोद, अवार्ड संयोजकमा सञ्जय राजवंशी, वातावरण तथा सरसफाई संयोजकमा प्रज्ज्वल विमली, शिक्षा संयोजकमा सुमन पोद्धार रहेका छन् ।
त्यस्तै अन्तर शाखा समन्वय संयोजकमा जीवन खड्का, अन्तर्राष्ट्रिय समन्वय संयोजकमा मनोज रौनियार, मनोरञ्जन संयोजकमा आशिम ज्वयल श्रेष्ठ , अर्थ संयोजकमा दिपक शाह, स्वास्थ्य संयोजकमा घनश्याम चौधरी, दुर्घटना न्यूनीकरण संयोजकमा मिक्की कार्की, महिला तथा वालवालिका संयोजकमा किरण थापा रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारबीरता जेसीजमा १५ संयोजक चयन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img